FAQs Complain Problems

फोटो ग्यालरी

, , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , ,

दिगो विकास लक्ष्यलाई स्थानीयकरण गर्न चन्द्रागिरि नगरपालिकाले अबलम्बन गरेका अभ्यासलाई नेपालस्थित प्रमुख दातृ निकायका प्रतिनिधिले स्वागत गरेका छन् ।

विशेष गरी शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता, खानेपानी तथा सरसफाई, सुरक्षित, सुन्दर र सबैको पहुँच योग्य सहर बनाउन नगरपालिकाले दिगो विकास लक्ष्यलाई मुख्य आधार बनाउँदै तत् अनुरुप आफ्नो नीति योजनामा समावेश एवं कार्यान्वयनमा ल्याइरहेको छ ।

संयुक्त राष्ट्र संघीय मानव बसोबास कार्यक्रम ( युएन ह्यबिट्याट) , युरोपियन युनियन, विश्व बैँक, अमेरिकी विकास नियोग (युएसआइडी), परियोजना सेवाहरुका लागि संयुक्त राष्ट्र संघीय कार्यालय ( युएन ओपिस) का प्रतिनिधिले नगरपालिकाले दिगो विकास लक्ष्य प्राप्तिका लागि दिगो, समावेशी र उत्थानशील आर्थिक सामाजिक विकासका लागि गरिरहेको प्रयासलाई प्रसंशा गरेका छन।

ती निकायका प्रतिनिधिसंग बुधबार भएकोे छलफलमा नगरपालिकाले दिगो विकास लक्ष्य हासिल गर्न आफ्नो नीति योजनामा समावेश गरेका विषयवस्तु र सम्पादन गरिरहेका कामका बारेमा प्रस्तुतीकरण गरेको थियो ।

दिगो विकास लक्ष्य अन्तर्गत ‘सिटी फर वोमेन परियोजना’का लागि चन्द्रागिरि नगरपालिका छनोट समेत भएको छ । छलफलमा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीज्यूले नगरपालिकाले स्थानीय स्वयंसेवी समीक्षा प्रतिवेदनको मस्यौदा तयार गरिसकेको, सार्वजानिक जग्गा संरक्षणमा प्राथमिकता, शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासमा समान प्राथमिकता दिएको र एक वडा एक उद्यान , एकवडा एक खुला स्थानको नीति लिएको, समुदाय तहदेखि योजना छनौट र कार्यान्वयनमा लैङ्गिक समानता, सबै वर्ग क्षेत्र र समुदायको सहभागीता गराइएको जानकारी दिनुभयो ।

उपप्रमुख बसन्ती श्रेष्ठले दिगो विकासको स्थानीयकरण गर्न नगरपालिकाले प्राथमिता दिँदै आएको जानकारी दिनुहुँदै महिला, बालबालिका, जनजाती, दलित अपाङ्ग तथा जेष्ठ नागरिक मैत्री नीति अबलम्बन गरिएको बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले नगरपालिकाको दिगो विकास लक्ष्य हाँसिल गर्न नगरपालिकाले आर्थिक र सामाजिक क्षेत्रमा गरिरहेका प्रयासका बारेमा प्रस्तुतीकरण गर्नुहुँदै समावेशी, सुरक्षित , उत्थानशील समृद्ध शहर बनाउने ध्येय रहेको छ भन्नुभयो ।

छलफलमा वडाध्यक्ष एवं नगरप्रवक्ता कृष्णप्रसाद खड्गी लगायत वडाअध्यक्षज्यूहरु, नगर कार्यपालिका सदस्यज्यूहरुले आफूहरुले सम्पादन गरिरहेका काम एवं चुनौतिका बारेमा बोल्नुभएको थियो ।

छलफलमा युरोपियन युनियनका नेपाल प्रतिनिधि इलोइजा अस्टुडुलोले स्थानीय योजना तर्जुमा प्रक्रियामा लैङ्गिक समानता र समावेशीकरणका बारेमा जिज्ञासा राख्दै महिला, सीमान्तकृत वर्ग समुदायको आर्थिक एवं सामाजिक सशक्तिकरणमा ध्यान दिन सुझाव दिनुभयो ।

युएन ह्यबिट्याट एशिया प्रशान्त क्षेत्रीय कार्यालय जापानका प्रतिनिधि डा ओडिसा एङ्लो ब्यारियसले दिगो विकास लक्ष्यका शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता, खानेपानी तथा सरसफाई, सुरक्षित, सुन्दर र सबैको पहुँच योग्य सहर जस्ता लक्ष्यलाई स्थानीयकरण गर्न चन्द्रागिरि नगरपालिकाले अबलम्बन गरेका अभ्यासको प्रसंशा गर्नुभयो । युएसआइडीका नेपाल प्रतिनिधि डेभिड म्यानले दिगो विकास लक्ष्य हासिल गर्न सामुहिक प्रयत्नको खाँचो औल्याउँदै खुला क्षेत्र संरक्षण, निर्णय प्रक्रियामा अल्पसंख्यक , सीमान्तकृत, तथा संकटासन्न समुदायको अर्थपूर्ण सहभागिता र स्थानीय विकास प्रक्रियालाई समावेशी बनाउन सुझाव दिनुभयो ।

युएनओपिसका प्रतिनिधि इलिया ग्यूविकले दिगो विकास लक्ष्यको स्थानीयकरण गर्न आवश्यक रहेको बताउनुभयो ।

, , , , , , , , , , , , , , , , , , , , , ,

चन्द्रागिरि नगरपालिकाले उत्पादन, रोजगारी तथा व्यवसाय प्रबर्द्धन गर्न वित्तीय संस्थाहरुको समन्वयमा विपन्न वर्ग तथा लघु उद्यमीलाई विना धितो प्रवाह हुने कर्जामा निक्षेप तथा कर्जा सुरक्षण कोषले सुरक्षण गरिदिने भएको छ। सो वापत वित्तीय संस्थाहरुले कोषलाई तिर्नुपर्ने वार्षिक सुरक्षण शुल्क ऋणीको तर्फबाट नगरपालिकाले व्यहोर्ने भएको छ ।

आज मिति २०८०/११/१७ गते चन्द्रागिरि नगरपालिका र निक्षेप तथा कर्जा सुरक्षण कोष बीच सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ। चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीज्यु, उपप्रमुख वसन्ती श्रेष्ठज्यु, नगरप्रवक्ता कृष्ण प्रसाद खड्गीज्यु तथा आर्थिक विकास शाखा प्रमुख राजु बहादुर खड्काज्युको उपस्थितिमा सम्पन्न सो समझदारीपत्र हस्ताक्षर कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालज्यु र कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेज्युले हस्ताक्षर गर्नुभयो । यसबाट नगरपालिकाले आफ्ना उत्पादन, रोजगारी तथा व्यवसाय प्रवर्द्धन गर्न थप सहयोग पुग्ने विश्वास लिएको छ।

नगरपालिकाले उत्पादन, रोजगारी तथा व्यवसाय प्रवर्द्धन गर्न वित्तीय संस्थाहरुको समन्वयमा दिइने विशेष व्याज अनुदान कार्यविधि २०७९ बमोजिम प्रवाहित कर्जाको सुरक्षण प्रदान गर्ने प्रयोजनले बैँक तथा वित्तीय संस्थाले कोषमा तिर्नुपर्ने वार्षिक सुरक्षण शुल्कको शुन्य दशमलव चार प्रतिशत नगरपालिकाले कोषलाई तिर्ने समझदारीमा उल्लेख छ।

समझदारीमा बैंकले कार्यविधि अनुसार प्रवाह गर्ने कर्जालाई लघुवित्त तथा लघुकर्जामा वर्गीकृत हुने गरी छुट्टै उपशीर्षक खडा गरी वा सोही शीर्षकमा आवद्ध गरी कोषले बैंकसंग नियमावली अनुसार सम्झौता गर्ने, कोषसंग लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण कार्यक्रममा यस अगाडि आवद्ध बैँकले कार्यविधि अनुसार प्रवाहित कर्जाको सुरक्षणका लागि कोष सँग पुन सम्झौता गर्नुपर्ने छैन तर कार्यविधि अनुसार कर्जा प्रवाह गर्ने बैकले यसअगाडि कोषसँग यस्तो सम्झौता नगरेको भए कोषसँग सम्झौता गरेपश्चात सम्झौता अनुसार कोषले सुरक्षण गर्ने समझदारीमा उल्लेख छ।

, ,

‘दादुरा रुवेला खोप अभियान २०८०/८१ ’ अन्तर्गत चन्द्रागिरि नगरपालिकाले उच्च प्राथमिकताका साथ आजदेखि नगरक्षेत्रमा खोप अभियान सञ्चालन गरेको छ। राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत नगरपालिकाले ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई आफ्ना १५ वटै वडामा तोकिएका खोप केन्द्र मार्फत खोप लगाउन सुरु गरेको छ।

चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीज्युले आज एक औपचारिक कार्यक्रमकाविच च न पा -४ मा अवस्थित चुनदेवी मा वि मा खोप कार्यक्रमको शुभारम्भ गर्नु भयो र नगर प्रमुखज्युले नगरवासीको स्वस्थ जीवन यापनका लागि नगरपालिकाले उच्च प्राथमिकता दिँदै स्वास्थ्यका विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै आजदेखि सुरु हुने ‘दादुरा रुवेला खोप अभियान २०८०/८१ ’लाई सफल बनाउन आह्वान गर्नुभयो ।

यस पटक नगरपालिकाले ९ महिनादेखि १५ वर्ष उमेर समूहमा सबै बालबालिकालाई दादुरा रुवेला खोपका पहुँचमा पुर्याउनका लागि नगर क्षेत्रमा ९१ वटा खोप केन्द्र तय गरेको छ ।

, , , , , ,

चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख श्री घनश्याम गिरीज्यूको सभाध्यक्षतामा नगरपालिका सभाहलमा १३ औँ नगर सभाको बैठक आज मिति २०८० पौष २९ गते बसेको हो ।

, , , , , , , , , , , , , , , , , ,

चन्द्रागिरि नगरपालिकाले आ.व २०७९/०८० मा बिभिन्न विषयगत शाखाहरुले गरेका काम कारवाहीहरुको बार्षिक समिक्षा कार्यक्रम मिति २०८० भाद्र ३१ गते आइतवारका दिन चन्द्रागिरि नगरपालिकाको सभा हलमा सम्पन्न भएको छ | उक्त वार्षिक समिक्षा कार्यक्रमको अध्यक्षता नगर प्रमुख श्री घनश्याम गिरीज्यूले गर्नु भएको थियो | कार्यक्रममा नगर उप प्रमुख श्री वसन्ती श्रेष्ठज्यू, नगर प्रवक्ता श्री कृष्ण प्रसाद खड्गीज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री हेमराज अर्यालज्यू, वडा नं १ देखि १५ नं सम्मका वडा अध्यक्षज्यूहरु, नगर कार्यपालिका सदस्यज्यूहरु, नगर सभा सदस्यज्यूहरु, बिभिन्न बिषयगत शाखाका शाखा प्रमुखज्यूहरु, वडा सचिवज्यूहरु, पत्रकार एवं मिडियाकर्मीज्यूहरुको उपस्थिति रहेको थियो |

, , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , ,

मिति २०८०/०५/१९ गते चन्द्रागिरि नगरपालिकाका नगर प्रमुखज्यूको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा सरुवा भई जानुभएका यस नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री जीवन प्रसाद आचार्यज्यूको फेरी भेटौला र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भई आउनुभएका प्रमुख प्रशासकीय अधिकृत श्री हेमराज अर्यालज्यू र महँकाल गाउपालिका, लालितपुरबाट सरुवा भई आउनु भएका लेखा अधिकृत श्री महेश दत्त भट्टज्यूलाई स्वागत गर्ने कार्यक्रम सम्पन्न भएको छ | उक्त स्वागत तथा फेरी भेटौला कार्यक्रममा नगर प्रमुखज्यू, नगर उप प्रमुखज्यू, नगर प्रवक्ताज्यू, वडा नं १ देखि १५ नं सम्मका वडा अध्यक्षज्यूहरु, नगर कार्यपालिका सदस्यज्यूहरु, बिभिन्न शाखाका शाखा प्रमुखज्यूहरुको उपस्थिति रहेको थियो |

, , , , , , , , , , , , , , , ,

चन्द्रागिरि नगरपालिकाको १२औं नगरसभा आज मिति २०८० असार ७ गते नगरपालिकाको सभाहलमा बसेको छ, सभाको सभाध्यक्षता नगर प्रमुख श्री घनश्याम गिरीज्यूले गर्नुभएको थियो | उक्त नगरसभामा नगर उप प्रमुख श्री बसन्ती श्रेष्ठज्यू, नगर प्रवक्ता श्री कृष्ण प्रसाद खड्गीज्यू, सभाका सचिव तथा प्रमुख प्रशासकीय अधिकृत जीवन प्रसाद आचार्यज्यू, १ देखि १५ नं वडाका वडा अध्यक्षज्यूहरु, नगर कार्यपालिकाका सदस्यज्यूहरु र १ देखि १५ नं वडाका वडा सदस्य तथा नगर सभा सदस्यज्यूहरुको उपस्थिति रहेको उक्त सभाको कार्यसूचीमा आ.व २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत तथा छलफल र चन्द्रागिरि नगरपालिकाको एकीकृत खानेपानि तथा सरसफाई व्यवस्थापन सम्वन्धि बिधेयक, २०८० प्रस्तुत तथा छलफल गर्ने कार्यक्रम रहेको थियो र सो सम्वन्धमा नगर सभाका सदस्यज्यूहरुले आ-आफ्नो विचार व्यक्त गर्नुभएको थियो | उक्त सभाबाट आ.व २०८०/०८१ को नीति तथा कार्यक्रम र चन्द्रागिरि नगरपालिकाको एकीकृत खानेपानि तथा सरसफाई व्यवस्थापन सम्वन्धि बिधेयक, २०८० बहुमतले पारित भएको छ |

, , , , , , ,

नेपाल लाइभस्टक सेक्टर इनोभेशन आयोजना(NLSIP) द्वारा नव निर्मित चन्द्रागिरि नगरपालिका पशु सेवा शाखा बलम्बुमा रहेको भवन आज मिति २०७९/०५/१४ गते कृषि तथा पशुपन्छी विकास मन्त्रालयका मन्त्री माननीय मृगेन्द्र कुमार सिंह यादवज्यूको प्रमुख आतिथ्यतामा, मन्त्रालयका सचिव डा. दीपक कुमार खरालज्यूको अध्यक्षता र चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख श्री घनश्याम गिरीज्यूको बिशेष आतिथ्यता तथा नगर उपप्रमुख श्री बसन्ती श्रेष्ठज्यूको आतिथ्यतामा नव निर्मित भवनको उद्घाटन सम्पन्न भयो | भवनको उद्घाटन माननिय मन्त्रीज्यू र नगर प्रमुखज्यूले संयुक्त रुपमा गर्नुभएको थियो भने उद्घाटन पश्चात श्रीमान सचिवज्यूबाट चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई भवन हस्तान्तरण गर्ने कार्य सम्पन्न भएको थियो । उक्त कार्यक्रममा वडा अध्यक्षज्यूहरु, नगर कार्यपालिका सदस्यज्यूहरु, आयोजना प्रमुखज्यू, आयोजनाका तथा नगरपालिकाका कर्मचारीज्यूहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिज्यूहरू, पत्रकारज्यूहरू र कृषक दाजुभाइ दिदी बहिनिहरुको उल्लेख्य सहभागिता रहेको थियो |

, , , , , , , , , , , ,

आज मिति २०७९/०४/३० गते नगर प्रमुख घनश्याम गिरीज्युको अध्यक्षतामा कलंकी नागढुंगा सडकखण्डमा चल्ने सवारी साधनहरुमा फोहोरमैला ब्यबस्थापन सम्बन्धि सचेतनामूलक अभियान तथा स्टिकर वितरण कार्यक्रम संचालन भएको छ। कार्यक्रमको प्रमुख अतिथिमा प्रहरी नायव महानिरीक्षक मीरा चौधरीज्यु रहनु भएको थियो | उक्त कार्यक्रममा नगर प्रमुखज्युले विभिन्न सचेतनामूलक स्टिकर हस्तान्तरण गरि सार्वजनिक सवारी साधनमा टास्ने तथा सवारी चालकलाई फोहोरदानीको ब्यबस्थापन गर्न गराउन निर्देशन दिने कार्य भएको थियो। कार्यक्रममा नगर उप प्रमुखज्यु, विभिन्न वडाका वडाध्यक्षज्युहरु, कार्यपालिका सदस्यज्युहरु, नगरपालिकाका विभिन्न शाखाका शाखा प्रमुखज्युहरु, फोहोरमैला ब्यबस्थापन गर्ने संस्थाहरु तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाल सेनाका प्रतिनिधिज्युहरुको पनि उपस्थिति रहेको थियो।

, , , , , , ,

चन्द्रागिरि नगरपालिका कार्यालयको कर संकलन प्रणालीलाई सहज बनाउने उद्धेश्यले घर घरबाटै सम्पति कर, मालपोत कर, व्यवसाय कर, घर जग्गा बहाल कर डिजिटल वालेटको माध्यमबाट तिर्न सकिने प्रणालीको विकास गरि आज एक कार्यक्रमका विच नगर प्रमुख श्री घनश्याम गिरीज्यूबाट अनलाईन कर भुक्तानी प्रणालीको शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ | शुभारम्भ कार्यक्रममा नगर उप प्रमुख तथा राजश्व परामर्श समितिका संयोजक श्री बसन्ती श्रेष्ठज्यू , प्रमुख प्रशासकीय अधिकृत श्री निरज पौडेल, वडा अध्यक्षहरु, राजश्व परामर्श समितिका पदाधिकारीहरु, वडा तथा नगरपालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो |

बिभिन्न डिजिटल वालेटहरु(Connect IPS, Khalti, Prabhu Pay, IME Pay, E-Sewa etc) बाट कर तिर्न सकिने हुँदा करदाता आफैले घरमै बसी कर तिर्न सकिने हुँदा जनशक्तिमा लाग्ने खर्च बचत, लाईन बसीरहन नपर्ने, समयको बचत, छिटो, छरितो, विश्वनीय, नगद बोकेर हिड्नु नपर्ने, हिसाब किताव राख्न सजिलो हुने विश्वास लिएको छ |

अनलाईन कर भुक्तानी प्रणाली https://tax-chandragiri.softechnp.com/login मा रजिस्टर गर्दा आफ्नो करदाता संकेंत नं राख्दा नभेटीएमा फोन नं र ईमेल सहि नभएको मान्नुपर्नेछ र सच्चाउनको लागि https://tax-chandragiri.softechnp.com/app.../confirmtaxpayer मा गई आधिकारिक ईमेल र फोन नं. Update गर्नु पर्ने हुन्छ, तत्पश्चात रजिस्टर गरि करदाता संकेत नं राखी आएको OTP Verification गरि युजरनेम र पासवर्ड तयार गरि Login गर्न सकिनेछ | Login गर्दा OTP आएको कोड नै प्रारम्भिक Password हुनेछ र आफ्नो Password परिवर्तन गरे पश्चात Login गर्न सकिनेछ, र कुन माध्यमबाट कर तिर्ने हो सोहिअनुसार कर तिर्न सकिनेछ |

साथै Digital Wallets हरुको Application बाट Chandragiri Municipality को लिंक भित्र गई सोझै करदाता संकेत नं हानी कर तिर्न समेत सकिनेछ |

, , , , , , , , , , ,

आ.व. २०७७/०७८ को तुलनामा आ.व. २०७८/०७९ मा लक्ष्य भन्दा बढी राजश्व संकलन गर्ने वडाहरु: १, २, ४, ५, ७, ९, १२, १३, १४ र १५ का वडाहरुलाई सम्मान प्रकट गर्नुहुँदै प्रमुख श्री घनश्याम गिरीज्यू, उप-प्रमुख श्री बसन्ती श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत श्री निरज पौडेल साथमा अन्य कर्मचारीहरु, साथै सवैभन्दा बढी राजश्व संकलन गर्नेमा वडा नं १५ रहेको छ |

, , , , , , , , , , , ,

आज मिति २०७७ आश्विन २९ गते सेतो छडी दिवसको अवसर पारेर चन्द्रागिरि नगरपालिकाको सहकार्य र राष्ट्रिय अपाङ्ग कोषको सहयोगार्थमा चन्द्रागिरि नगरपालिकाका नगर उपप्रमुख श्री लिशा नकर्मीज्युको अध्यक्षता, नगर प्रमुख श्री घनश्याम गिरीज्युको प्रमुख आतिथ्यता, राष्ट्रिय अपाङ्ग कोषका अघ्यक्ष श्री रमेश लामा , प्रमुख प्रशासिकय अधिकृत श्री राजेन्द्र कार्की तथा नगरपालिकाका अन्य कर्मचारीहरुको उपस्थितिमा अपांगता भएका २८ जना व्यक्तिहरुलाई ४७ थान सहायक सामग्री बितरण गर्ने कार्य सम्पन्न भयो ।

, , , , , , , , ,

आ.ब. २०७५/७६ का लागि संचालन हुने बिभिन्न आयोजना तथा कार्यक्रमहरुको अनुगमन यस नगरपालिकाका अनुगमन समितिका अध्यक्ष तथा नगर उप प्रमुख श्री लिशा नकर्मी ज्यूको नेतृत्वमा र नगरपालिकाका प्राबिधिक तथा योजना अनुगमन शाखाका कर्मचारीहरुको उपस्थितिमा मिति २०७५/१०/२३ र २५ गते वडा नं ३, ४ र १२ मा सम्पन्न भएको छ साथै सो अनुगमन निरन्तर  रुपमा अन्य वडाहरुमा पनि जारि रहने छ |

, , , , , , ,

छैटौं बिश्व स्वास्थ दिबसको अबसरमा बलम्बु १२ नं वडा स्वास्थ केन्द्रको ईन्चार्ज सीता बानियाज्यूको संयोजकत्व र चनपाका मेयर आदरणिय घनश्याम गिरीज्यूको प्रमूख आतित्थयमा छौठौं सरसफाई कार्यक्रम सम्पन्न भयो।ऊक्त अबसरमा नगर प्रमूख लगायत सहभागि संपूर्ण नगर वडा स्वस्थ केन्द्रका ईन्चार्जज्यूहरू, कर्मचारीहरू,१२ नं वडाका जनप्रतिनिधिहरू वडाबासि सर्बसाधारणहरू सफाईमा प्रत्येक्ष सहभागि हुनु भयो।

छौठौं सरसफाई कार्यक्रम २०७४,

यस चन्द्रागिरी नगरपालिकाका उपमेयर ज्यू, वडा अध्यक्ष ज्यू, प्राविधिक तथा कर्मचारीबाट चन्द्रागिरी नगरपालिका वडा नं.४, थानकोट स्थित बसपार्क देखि ढोकसी सम्मको बाटो ढलान आयोजनाको अनुगमन भएको छ ।।

धुलिखेलमा आयोजित नगरपालिका कर्मचारीहरुको लागि स्थानीयतह संचालन सम्बन्धि कानुनी व्यवस्था र भूमिका एवं नेतृत्व विकाश तालिमका केहि झलकहरु

,

नगर प्रमुखज्यू तथा उप प्रमुखज्यू ले यस नगरपालिकाकामा सरुवा भई आउनु भएका प्रमुख प्रशासकीय अधिकृत श्री सीता परियारज्यूलाई स्वागत गर्नु हुँदै

,

यस नगरपालिकाका नव निर्वाचित नगर प्रमुखज्यू, नगर उप प्रमुखज्यू, वडाध्यक्षज्यूहरू तथा सदस्यज्यूहरुको सपथ ग्रहण कार्यक्रम

,

तेस्रो नगरपरिषद्बारा पारित अा.व. २०७४।०७५ काे बार्षिक नगर विकास योजना सार्वजनिकिकरण कार्यक्रम, सतुंगल पार्टी प्यालेस

, , , ,

आव २०७२।०७३ सालको तेस्रो सार्वजनिक सुनुवाई कार्यक्रम मिति २०७३।०३।३० गते नैकाप फुटवल ग्राउण्डमा सम्पन्न भएका केहि झलकहरु

, , , ,

संघयी मामिला तथा स्थानीय विकास राज्य मन्त्री माननीय कुन्ती कुमारी शाहीज्यू को प्रमुख आतिथ्यमा भएको यस नगरपालिकाको वडा कार्यालय सञ्चालन सम्वन्धि वृहत अन्तरकृया तथा तालिम कार्यक्रम २०७२

, , , , ,