मातातिर्थ आयुर्वेद तथा बैकल्पिक चिकित्सा अस्पतालमा आज देखि शल्यक्रिया सेवा सुरु भएको छ । सुरुवाती दिनहरुमा यो सेवा पुर्णरुपमा निशुल्क रहने छ । नगरप्रमुख आदरणीय घनश्याम गिरीद्वारा यो सेवाको उद्घाटन गर्नुभएको छ | बरिस्ठ शल्यचिकित्सक डा० जितेन्द्र कुमार मण्डलले आज बिहान पाइल्सको अप्रेशन गर्नुभएको थियो । आज गुदागत बिकारहरुको एकदिने निशुल्क बिशेषज्ञ शिविर पनि सम्पन्न भएको छ ।