मिति २०८१/०२/१६ र १७ गते चन्द्रागिरि नगरपालिकाको आयोजना र USAID स्वच्छ हावा कार्यक्रम, सुरक्षा निकाय, सवारी साधन प्रदुषण परीक्षण कार्यालय टेकुको सहकार्यमा त्रिभुवन पार्कको पार्किंग स्थलमा सवारी वायु गुणस्तर चेकजाँच शिविर सम्पन्न भएको छ । उक्त शिविरमा निजि तथा सार्वजनिक सवारी साधनहरुले सेवा लिएका थिए, दुई गरि जम्मा १०० सवारी साधन चेकजाँच गर्दा ५६ वटा सवारी साधनले वायु गुणस्तर कायम गरेको पाईयो भने २६ वटा सवारी साधनले नियामानुसार शुल्क तिरी हरियो स्टिकर लिएका छन। नगरपालिकाको वातावरण तथा विपत शाखाको सहजीकरणमा संचालित उक्त कार्यक्रममा नगर प्रमुख घनश्याम गिरीज्यू, नगर उप प्रमुख बसन्ती श्रेष्ठज्यु, नगर प्रबक्ता कृष्ण प्रसाद खड्गीज्यु , विभिन्न वडाका अध्यक्षज्युहरु तथा जनप्रतिनिधिज्यूहरु तथा सहयोगी संस्थाहरुका प्रतिनिधिज्युहरुको उपस्थिति रहेको थियो। सबैले समयमा नै आफ्नो सवारी साधनको वायु गुणस्तर परीक्षण गरी नगरपालिकामा स्वच्छ हावा कायम गर्न सबैको साथ र सहयोगको अपेक्षा रहेको नगरप्रमुखज्यूले बताउनु भयो ।