FAQs Complain Problems

२६ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस, २०८० मूल समारोह चन्द्रागिरि नगरपालिकामा सम्पन्न |

आज मिति २०८० माघ २ गते चन्द्रागिरि नगरपालिका वडा नं १४ मा अवस्थित नैकाप फुटवल मैदानमा माननीय उपप्रधानमन्त्री तथा गृहमन्त्री नारयणकाजी श्रेष्ठज्यूको अध्यक्षता तथा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड"ज्यूको प्रमुख अतिथ्यतामा र चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीज्यूको सभातित्वमा २६ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस, २०८० मूल समारोह सम्पन्न भएको छ | उक्त दिवसको अवसरमा चन्द्रागिरि नगरपालिका, बलम्बु प्राङ्गणबाट विहान करिव १०:३० बजे र्याली सुरु भइ जनप्रतिनिधिज्यूहरु, राजनीतिक दलका प्रतिनिधिहरु, कर्मचारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, नगर स्थित बिभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरु, संचारकर्मीहरु तथा नगरवासीहरु सहित वडा कार्यालयहरुमा रहेका धर्म संस्कृति अन्तर्गतका बाजा, झाँकीहरु सहित आयोजना स्थलमा प्रवेश भएको थियो | सो कार्यक्रममा विगतका भूकम्पमा परी दिवंगत हुनुभएका व्यक्तिहरुको सम्झनामा मौन-धारण गरिएको थियो। उक्त सुरक्षा दिवसमा प्रचार प्रसार उपसमितिका संयोजक शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक श्री सुरेन्द्रमोहन श्रेष्ठज्यू, संयुक्त राष्ट्र संघका आवासीय प्रतिनिधि श्री Hanaa Singer Hamdy, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक श्री अनिल पोखरेलज्यू, शहरी विकास मन्त्री माननीय सिता गुरुङज्यू, भूकम्प सुरक्षा दिवस मूल समारोह समितिका अध्यक्ष तथा कार्यक्रमका विशेष अतिथि माननीय उपप्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठज्यूबाट आ-आफ्नो मन्त्यव्य व्यक्त गर्नु भएको थियो | मूल समारोहका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड" ज्यूबाट विशेष सम्बोधन भएको थियो | उक्त समारोहका सभापति तथा भूकम्प सुरक्षा दिवस व्यवस्थापन उपसमितिका संयोजक चन्द्रागिरि नगरपालिकाका प्रमुख श्री घनश्याम गिरीज्यूबाट समापन मन्तव्य सहित सभा विसर्जन गर्नु भएको थियो। सोही समारोहमा नगर प्रमुख श्री घनश्याम गिरीज्यूबाट सम्माननीय प्रधानमन्त्री समक्ष नगरपालिकाको तर्फबाट नैकाप फुटवल मैदानलाई राष्ट्रिय स्तरको मैदान निर्माण कार्यको सहयोगका लागि तयार गरिएको विस्तृत आयोजन प्रतिवेदन (DPR) हस्तान्तरण गर्नुहुँदै उपत्यका प्रवेश गर्ने कलंकी नागढुंगा पीपलामोड सडक खण्डको उचित व्यवस्थापन, थानकोट चित्लांग सडकखण्डको निर्माण कार्यको सहजीकरण, भूकम्प पिडित परिवारहरुको सहायता रकम ब्यबस्थापनमा सहजीकरण गरिदिन अनुरोध गर्नु भएको थियो | उक्त दिवसमा एनसेटका प्रतिनिधिबाट भूकम्पको बेला गरिने सुरक्षित व्यवहारको बारेमा संक्षिप्त जानकारी र प्रदर्शन, भूकम्पको बेला गरिने सुरक्षित व्यवहार "घुंडा टेकी गुडुल्की ओत लागि समात" को राष्ट्रिय अभ्यास, भूकम्पीय जोखिम न्यूनीकरण तथा पुर्वतयारीमा सामुहिक प्रतिवद्धता जनाउन देशव्यापी हातेमालो कार्यक्रम समेत गरिएको थियो |