FAQs Complain Problems

"हाम्रो भुमि,हाम्रो भविष्य" विश्व वातावरण दिवसको अवसरमा आयोजित वृक्षरोपण कार्यक्रम ।।।

विश्व वातावरण दिवस जुन ५ को अवसरमा "हाम्रो भूमि हाम्रो भविष्य" भन्ने नाराका साथ चन्द्रागिरि नगरपालिकाको समन्वय, वडा नं ८ र ट्रान्सपरेन्सी इन्टरनेशनलको सहकार्यमा कन्चन बस्तीमा यसै वर्ष संरक्षण गरिएको सार्वजनिक जग्गामा (पार्क) नगर प्रमुखज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । जसमा ट्रान्सपरेन्सी इन्टरनेशल नेपालको अध्यक्ष पदमिनी प्रधानाङ्गज्यू, वडानं ८ का वडा अध्यक्ष प्रत्लाद रिजालज्यू, वडा सदस्यज्यूहरु, वातावरण शाखा प्रमुख, पूर्व वडा अध्यक्ष ज्यू, पार्कका अध्यक्ष तथा पदाधिकारीज्यूहरु स्थानीय नागरिकहरुको सहभागीतामा जलवायू र सुशासन सम्बन्धी अन्तरक्रिया र फलफुलका विरुवा रोप्ने कार्य गरी समापन गरियो ।