विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएका चन्द्रागिरि नगरपालिका वडा नं ९ मच्छेगाउँ निवासी श्री बिधान श्रेष्ठलाइ आज एक कार्यक्रमका विच सम्मान गरिएको छ | चन्द्रागिरि नगरपालिकामा आयोजना गरिएको सम्मान कार्यक्रममा नगर प्रमुखज्यू, उप प्रमुखज्यू, नगर प्रवक्ताज्यू र अन्य उपस्थित महानुभावहरुले खादा, टिका लगाई बधाई तथा सम्मान गर्नुभएको थियो | सो कार्यक्रममा नगर प्रमुखज्यू, उप प्रमुखज्यू, प्रवक्ताज्यूले हार्दिक बधाई तथा आगामी दिनमा अझ सफलताको कामना समेत व्यक्त गर्नुभएको थियो | श्रेष्ठ चन्द्रागिरि निवासी पहिलो सगरमाथा आरोही बन्नुभएको छ | सम्मान कार्यक्रममा वडा अध्यक्षज्यूहरु, नगर कार्यपालिका सदस्यज्यूहरु, वडा सदस्यज्यूहरु, कर्मचारीहरु अन्य व्यक्तिहरुको उपस्थिति रहेको थियो |
आरोही विधान श्रेष्ठलाइ हार्दिक बधाई तथा सफलताको लागि हार्दिक मंगलमय शुभकामना समेत व्यक्त गर्दछौ |
चन्द्रागिरि नगरपालिका परिवार