FAQs Complain Problems

मा.अन्जना बिशंखेज्यूको तर्फबाट कोरोना भाइरस (COVID-19) को रोकथाम तथा नियन्त्रणका लागि मिति २०७७ जेष्ठ २१ गते स्वास्थ्य सहयोग सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न |

कोरोना भाईरस (COVID-19) को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको चन्द्रागिरि नगरपालिका नगरस्तरीय विपद् व्यवस्थापन समितिको कोषमा आज मिति २०७७ जेष्ठ २१ गते स्वास्थ्य सामाग्री सहयोग स्वरूप नगर प्रमुख, नगर उप प्रमुख, नगर प्रवक्ता, प्रमुख प्रशासकीय अधिकृत तथा नगरपालिका कर्मचारीहरुका विच नगरपालिकालाई हस्तान्तरण गर्ने कार्य सम्पन्न भयो । सहयोग गर्नुहुनेमा काठमान्डौ निर्वाचन क्षेत्र नं. १० का प्रतिनिधि सभा सदस्य मा.अन्जना बिशंखेज्यूको तर्फबाट माक्स ४५ बक्स, गावन १२ थान, शुज कभर २० जोर, चश्मा १८ थान, सेनिटाईजर ७ बोत्तल, KN95 माक्स २० थान पन्जा ४ बक्स प्रदान गर्नुभयो | सहयोग गर्नुहुने मा.अन्जना बिशंखेज्यूलाई चन्द्रागिरि नगरपालिका हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।