FAQs Complain Problems

भूकम्पपछिको पुननिर्माण र पुन:स्थापनामा सदाचार प्रतिबद्दता हस्ताक्षर समारोह सम्पन्न |

चन्द्रागिरि नगरपालिकाको आयोजनामा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको सहयोगमा भूकम्पपछिको पुननिर्माण र पुन:स्थापनामा सदाचार प्रतिबद्दता हस्ताक्षर समारोह सम्पन्न भएको छ हस्ताक्षर समारोहमा चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख श्री घनश्याम गिरी को सभाद्क्षता रहेको उक्त कार्यक्रममा नगर प्रबक्ता, वडा अध्यक्ष, कार्यपालिका सदस्य, नगर विपद ब्यबस्थापन समिति, बातावरण तथा विपद ब्यबस्थापन समिति, शाखा प्रमुख तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो | हस्ताक्षर कार्यक्रममा चन्द्रागिरि नगरपालिकाको तर्फबाट नगर प्रमुख श्री घनश्याम गिरी तथा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको तर्फबाट खेमराज रेग्मीज्यू ले उक्त प्रतिबद्दता पत्रमा हस्ताक्षर गरि एक अर्कालाई हस्तान्तरण गर्नु भएको थियो |