FAQs Complain Problems

बिभिन्न व्यक्ति तथा संस्थाद्धारा कोरोना भाइरस (COVID-19) को रोकथाम तथा नियन्त्रणका लागि मिति २०७७ बैशाख १५ गते नगद सहयोग स्वरूप हस्तान्तरण |

कोरोना भाईरस (COVID-19) को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको चन्द्रागिरि नगरपालिका नगरस्तरीय विपद् व्यवस्थापन समितिको कोषमा आज मिति २०७७ बैशाख १५ गते बिभिन्न व्यक्ति तथा संस्थाहरुद्वारा नगद सहयोग स्वरूप नगर प्रमुख, नगर उप प्रमुख, नगर प्रवक्ता, प्रमुख प्रशासकीय अधिकृत तथा नगरपालिका कर्मचारीहरुका विच नगरपालिकालाई हस्तान्तरण गर्ने कार्य सम्पन्न भयो । सहयोग गर्नुहुने व्यक्ति तथा संस्थाहरुमा काठमान्डौ क्षेत्र नं १० का प्रतिनिधि सभा सदस्य मा.राजेन्द्र कुमार के.सी(राजन के.सी) ज्यूको तर्फबाट नगद रु ५०,०००|००, च.न.पा १० सतुंगल निवासी श्री हरिनारायण सुबेदीको तर्फबाट नगद रु ५,५५५.|०० रहेको छ | त्यसै गरि कपन काठमान्डौ स्थित बालविकास समाज र वर्ल्ड भिजनको साझेदारीमा १७ गोटा कम्बो प्याकेज राहत स्वरूप प्राप्त भएको छ | सहयोग गर्नुहुने व्यक्ति तथा संस्थाहरुलाई चन्द्रागिरि नगरपालिका हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।