FAQs Complain Problems

प्रमुख प्रशासकीय अधिकृतज्यूको स्वागत तथा फेरी भेटौला कार्यक्रम सम्पन्न |

मिति २०८०/०५/१९ गते चन्द्रागिरि नगरपालिकाका नगर प्रमुखज्यूको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा सरुवा भई जानुभएका यस नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री जीवन प्रसाद आचार्यज्यूको फेरी भेटौला र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भई आउनुभएका प्रमुख प्रशासकीय अधिकृत श्री हेमराज अर्यालज्यू र महँकाल गाउपालिका, लालितपुरबाट सरुवा भई आउनु भएका लेखा अधिकृत श्री महेश दत्त भट्टज्यूलाई स्वागत गर्ने कार्यक्रम सम्पन्न भएको छ | उक्त स्वागत तथा फेरी भेटौला कार्यक्रममा नगर प्रमुखज्यू, नगर उप प्रमुखज्यू, नगर प्रवक्ताज्यू, वडा नं १ देखि १५ नं सम्मका वडा अध्यक्षज्यूहरु, नगर कार्यपालिका सदस्यज्यूहरु, बिभिन्न शाखाका शाखा प्रमुखज्यूहरुको उपस्थिति रहेको थियो |