FAQs Complain Problems

नगरसभाको १६ ‍औं अधिवेशन ।

चन्द्रागिरि नगरपालिकाको नगर सभाले आर्थिक बर्ष २०८२/२०८३ को लागि कुल रु. २,९३,४६,००,०००।- को बजेट स्वीकृत गरेको छ । नगर सभाको १६ औं अधिवेशनको मिति २०८२/३/८ गते बसेको दोस्रो बैठकमा नगर प्रवक्ता श्री कृष्ण प्रसाद खड्‍गीले चालु खर्च तर्फ रु. १,२२,७८,००,०००।- र पूंजिगत खर्च तर्फ रु. १,७०,६८,००,०००।- भएको नगरपालिकाको आ.व. २०८२/२०८३ को बजेट तथा कार्यक्रम सभा समक्ष प्रस्तुत गर्नु भएको थियो । नगरसभाको १६ औं अधिवेशनको मिति २०८२/३/३० गते बसेको तेस्रो बैठकमा बजेट माथि छलफल भै बहुमतले पारित गरेको छ ।