FAQs Complain Problems

थानकोटको ऐतिहासिक 'दैबुजल गुफा' अन्वेषणको प्रारम्भिक प्रतिबेदन प्रस्तुत |

चन्द्रागिरि नगरपालिका वडा नं ४ मा अवस्थित ऐतिहासिक 'दैबुजल गुफा'को अन्वेषण परियोजनाको त्रिभुवन विश्वविद्यालयको नेपाली इतिहास, संस्कृति तथा पुरातत्त्व केन्द्रिय बिभागले अध्ययन पश्चात् प्रतिबेदन नगर प्रमुख घनश्याम गिरीज्यु समक्ष आज मिति २०८१/०२/२० गते पेश गरेको छ।

पहिलो चरणमा स्थानीयहरु संगको अन्तर्वार्ता र सो पश्चातको भूभौतिकी सर्वेक्षण सहितको प्राबिधिक अध्ययन सकेर बिभागले प्रतिबेदन तयार गरेको हो। बिभागले अत्याधुनिक ERT (Electrical Resistivity Tomography) मेसिन प्रयोग गरि उक्त अध्ययन गरेको हो। प्रतिबेदनले गुफाको केन्द्र पहिचान गरेको र थप अध्ययन र उत्खनन गर्न नेपाल सरकार पुरातत्त्व बिभागसंग समन्वय गर्न सुझाव दिएको छ।

उक्त कार्यक्रममा नगर प्रमुखज्यु सहित उप प्रमुख बसन्ती श्रेष्ठज्यु, नगर प्रवक्ता कृष्ण प्रसाद खड्गीज्यु, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालज्यु , वडा नं ४ का जनप्रतिनिधिज्युहरुका साथै त्रिभुवन विश्वविद्यालय नेपाली इतिहास, संस्कृति तथा पुरातत्त्व केन्द्रिय बिभाग प्रमुख प्रा डा सोम प्रसाद खतिवडाज्यु लगायत अन्य प्रतिनिधिज्युहरुको उपस्थिति रहेको थियो।

चन्द्रागिरि नगरपालिकाले २०८१/०१/२० गते उक्त बिभागसंग पुरातात्त्विक अन्वेषण लगायत प्राज्ञिक परामर्शको लागि दुई पक्षीय सम्झौता गरेको थियो।