FAQs Complain Problems

चौथो नगरसभाको उद्धघाटन सम्पन्न |

चन्द्रागिरि नगरपालिकाको चौथो नगर सभा नगर प्रमुख श्री घनश्याम गिरीज्यूको सभाध्यक्षतामा, प्रदेश ३ नं का माननीय सभामुख श्री सानु कुमार श्रेष्ठज्यूको प्रमुख आतिथ्यतामा, नगर उप-प्रमुख श्री लिशा नकर्मीज्यू, संघीय प्रतिनिधि सभाका माननीय सांसद श्री विना श्रेष्ठज्यू, श्री अन्जना बिशुंखेज्यू, श्री अमृता थापा मगरज्यू, प्रदेश नं ३ का माननीय सांसद श्री रमा आलेमगरज्यू ,श्री केशव प्रसाद पोखरेलज्यू, श्री वेलीमाया घलेज्यू, जि स स काठमाडौं प्रमुख श्री शिवसुन्दर राज वैद्य ज्यू को विशेष आतिथ्यतामा अन्य लव्धप्रतिष्ठित व्यक्तिहरुको आतिथ्यतामा नगर सभाका सदस्यज्यूहरू, पत्रकार, सुरक्षाकर्मी र कर्मचारीहरू समेतको उपस्थितिमा प्रमुख अतिथिज्यू बाट पानसमा दिप प्रज्वलन गरि भब्य समारोह विच चौथो नगर सभाको उद्घाटन गर्नु भएको छ | सो कार्यक्रमको संचालन प्रमुख प्रशासकीय अधिकृत श्री यूवराज पौडेल ज्यू ले संचालन गर्नु भएको थियो उक्त उदघाटन समारोहमा नगर उप प्रमुखज्यू बाट उपस्थित अतिथिगणहरुलाइ स्वागत मन्तब्य द्वारा स्वागत गर्नु भएको थियो उक्त समारोहमा माननीय सभामुखज्यू, प्रतिनिधि सभाका माननीय संसदज्यूहरु, प्रदेश सभाका संसदज्यूहरु, जी.स.स प्रमुखज्यू, नगर प्रबक्ताज्यू लगायत नगर पार्टी प्रतिनिधिज्यूहरुले आफ्नो आफ्नो भनाइ राख्दै नगरको बिकासको लागि सदैब लागि पर्ने प्रतिबद्धताका साथ बिभिन्न सुझावहरु दिनु भएय्को थियो सो उद्धघाटन समारोहमा नगर प्रमुखज्यू बाट उपस्थित अतिथिगणलाई मायाको चिनो पनि प्रदान गर्नुभएको थियो | उक्त उद्धघाटन समारोहको समापन सभाका सभाध्यक्ष श्री घनश्याम गिरीज्यूले गर्नुभएको थियो |