FAQs Complain Problems

चन्द्रागिरी नगरपालिकाबाट बजार अनुगमन

 मिति २०७६ जेष्ठ १२ गते नगरपालिका क्षेत्रभित्र रहेका डेरी उद्योगहरुको अनुगमन यस नगरपालिकाका उपभोक्ता हित संरक्षण समितिका संयोजक श्री लिशा नकर्मीज्यू सदस्य श्री कृष्णप्रसाद खड्गीज्यू तथा बजार अनुगमन टोलिका सदस्यज्यूहरु(जनप्रतिनिधिज्यूहरु, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिज्यू, उद्योग बाणिज्य महासंघका प्रतिनिधिज्यू, खाद्य तथा गुण नियन्त्रण विभागका प्रतिनिधि ज्यूहरु, महानगरीय प्रहरी प्रभाग बलम्बु, पत्रकारज्यूहरु, नगरपालिका कर्मचारीज्यूहरु) को उपस्थितिमा गरिएको छ उक्त अनुगमनमा मूल्य सुची, साइन बोर्ड, ब्यबसाय दर्ता/ नबिकरण, नापतौलको प्रमाण, लेबल भए/नभएको, म्याद गुज्रेका सामाग्रीहरुको जफत, स्थाई दर्ता/भ्याट दर्ता भए नभएको, बिल दिने प्रक्रिया भए नभएको, यस अगाडिको निर्देशन पालना गरे नगरेको लगायत उपभोक्ता संग प्रत्यक्ष सरोकार राख्ने बिषयमा अनुगमन गरि  निश्चित अबधि भित्र  पालना गर्ने प्रतिबद्धता सहित आजको अनुगमन सम्पन्न भएको छ यो कार्य आगामी दिनहरुमा पनि जारि रहने छ |