FAQs Complain Problems

चन्द्रागिरि नगरपालिका वडा नं ११ को प्रशासनिक भवन उद्धघाटन सम्पन्न |

आज मिति २०८०/०५/०९ गते शनिबार चन्द्रागिरि नगरपालिका वडा नं ११ सतुंगलको नवनिर्मित वडा भवनको नगर प्रमुख घनश्याम गिरीज्यु तथा वडा अध्यक्ष नरेन्द्र राज श्रेष्ठज्युले संयुक्त रूपमा बिधिवत उद्घाटन गर्नुभएको छ। आज एक औपचारिक कार्यक्रमका बिच वडा कार्यालय तथा स्वास्थ्य चौकीले प्रयोग गर्ने उक्त नवनिर्मित भवनको उद्घाटन भएको हो। नगर प्रमुख घनश्याम गिरीज्युको प्रमुख आतिथ्यता र सो वडाका अध्यक्ष नरेन्द्र राज श्रेष्ठज्युको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नगर उप प्रमुख बसन्ती श्रेष्ठज्यु, नगर प्रबक्ता कृष्ण प्रसाद खड्गीज्यु, निवर्तमान प्रबक्ता तथा निवर्तमान अध्यक्ष हरिभक्त महर्जनज्यु, विभिन्न वडाका अध्यक्षज्युहरु, कार्यपालिका सदस्यज्युहरु, विभिन्न वडाका सदस्यज्युहरु, नगरपालिकाका विभिन्न शाखा प्रमुखज्युहरु तथा अन्य कर्मचारीज्युहरुका साथ साथै अन्य अतिथिज्युहरुको पनि उपस्थिती रहेको थियो।