FAQs Complain Problems

चन्द्रागिरि नगरपालिकाले शारीरिक असक्तता भएका नगरबासीहरुलाई सहायता सामाग्री उपलब्ध गराउने |

आज मिति २०८१/०२/१७ गते नगर प्रमुख घनश्याम गिरीज्युको प्रमुख आतिथ्यतामा नगरपालिकाको कार्यालयमा शारीरिक असक्तता भएका महानुभावहरुलाई सहायता सामग्री वितरण तथा नाप जाँच कार्यक्रम सम्पन्न भएको छ। चन्द्रागिरि नगरपालिकाको आर्थिक सहयोगमा शारीरिक असक्तता भएका नगरबासीहरुलाई कृतिम हात, खुट्टा, जुत्ता , बैशाखी, व्हिलचेयर, वाकर , ब्लाइन्ड स्टिक, कमोड चेयर लगायतका सामग्री वितरण हुनेछ। राष्ट्रिय अपाङ्ग कोष, मानव सामाजिक सेवा नेपाल र अपाङ्गता अभिभावक समाज नेपालको सहकार्यमा उक्त कार्यक्रम संचालन भएको हो। सामाजिक बिकास शाखाको संयोजकत्वमा संचालित उक्त कार्यक्रममा नगर उप प्रमुख बसन्ती श्रेष्ठज्यु, नगर प्रवक्ता कृष्ण प्रसाद खड्गीज्यु, सामाजिक बिकास समितिका संयोजक घनश्याम लुइँटेलज्यु लगायत अन्य अतिथिज्युहरुको उपस्थिति रहेको थियो।