FAQs Complain Problems

चन्द्रागिरि नगरपालिकामा बालबालिकाहरुका लागि दादुरा रुवेला खोप अभियान संचालन

दादुरा रुवेला खोप अभियान २०८०/८१ ’ अन्तर्गत चन्द्रागिरि नगरपालिकाले उच्च प्राथमिकताका साथ आजदेखि नगरक्षेत्रमा खोप अभियान सञ्चालन गरेको छ। राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत नगरपालिकाले ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई आफ्ना १५ वटै वडामा तोकिएका खोप केन्द्र मार्फत खोप लगाउन सुरु गरेको छ।

चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीज्युले आज एक औपचारिक कार्यक्रमकाविच च न पा -४ मा अवस्थित चुनदेवी मा वि मा खोप कार्यक्रमको शुभारम्भ गर्नु भयो र नगर प्रमुखज्युले नगरवासीको स्वस्थ जीवन यापनका लागि नगरपालिकाले उच्च प्राथमिकता दिँदै स्वास्थ्यका विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै आजदेखि सुरु हुने ‘दादुरा रुवेला खोप अभियान २०८०/८१ ’लाई सफल बनाउन आह्वान गर्नुभयो ।

यस पटक नगरपालिकाले ९ महिनादेखि १५ वर्ष उमेर समूहमा सबै बालबालिकालाई दादुरा रुवेला खोपका पहुँचमा पुर्याउनका लागि नगर क्षेत्रमा ९१ वटा खोप केन्द्र तय गरेको छ ।