FAQs Complain Problems

चन्द्रागिरि नगरपालिकाको प्रशासकिय भवन निर्माणको शिलान्यास कार्यक्रम सम्पन्न |

चन्द्रागिरि नगरपालिकाको प्रशासकीय भवनको शिलान्यास समारोह नगर प्रमुख श्री घनश्याम गिरीको अध्यक्षतामा, जिल्ला समन्वय समिति, काठमाडौंका प्रमुख श्री शिवसुन्दर राजवैद्यको प्रमुख आतिथ्यतामा मिति २०७६/०८/११ गते सम्पन्न भयो ।

रसुवा कन्स्ट्रक्सन कम्पनी प्रा.लि.ले रु. १४,६०,५३,५१५।२९ लागतमा निर्माण सम्पन्न गर्न ठेक्का सम्झौता गरेको उक्त भवन शिलान्यास समारोहमा नगर उपप्रमुख लिशा नकर्मी, जि.स.स. उपप्रमुख एवं जिल्ला समन्वय समितिका सदस्यहरु, नगरपालिकाका वडा अध्यक्ष एवं कार्यपालिका सदस्यहरु, नगर सदस्यहरु, नगरस्तरीय राजनैतिक पदका प्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिहरु, सार्वजनिक विद्यालयका प्रधान अध्यापकहरु, वैंक तथा वित्तीय संस्थाका प्रमुख एवं प्रतिनिधिहरु, नगरपालिकाका कर्मचारीहरु, स्वास्थ्यकर्मीहरु, संचारकर्मीहरु एवं स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।

नगर प्रवक्ता एवं वडा नं. ११ का अध्यक्ष श्री हरिभक्त महर्जनले संचालन गर्नु भएको उक्त कार्यक्रममा वडा नं. १२ का वडा अध्यक्ष श्री प्रकाश श्रेष्ठले समारोहमा उपस्थित सम्पूर्ण सहभागीहरुलाई आफ्नो मन्तव्य सहित स्वागत गर्नु भएको थियो भने । प्रमुख प्रशासकिय अधिकृत, जिल्ला समन्वय अधिकारी, नगरस्तरीय राजनैतिक दलका प्रतिनिधिहरुले शुभकामना मन्तव्य दिनु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि जि.स.स. काठमाडौंका प्रमुख श्री शिवसुन्दर राजवैद्यले जिल्ला समन्वय समितिसंग भवन निर्माणका लागि सम्झौता गरी  भवन निर्माणको कार्य थालनी गर्ने पहिलो नगरपालिका भएकोमा वधाई दिनु भएको थियो । कार्यक्रमका सभाध्यक्ष एवं नगर प्रमुख श्री घनश्याम गिरीले उपस्थित सम्पूर्ण सहभागीहरुलाई धन्यवाद ज्ञापन सहित कार्यक्रमको समापन गर्नु भएको थियो ।