FAQs Complain Problems

कोरोना भाइरस (कोभिड १९) संक्रमण ,रोकथाम र नियन्त्रणका लागि खटिने जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी तथा एम्बुलेन्स चालकहरुको स्वास्थ्य बीमा सम्झौता सम्पन्न |

विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) संक्रमण ,रोकथाम र नियन्त्रण चन्द्रागिरि नगरपालिकाले व्यवस्थित रुपमा जनशक्ति परिचालन गरि रहेको अवस्थामा कार्यरत जनशक्तिलाई थप प्रोत्साहन गर्न तथा हुन सक्ने जोखिम कम गर्न कार्यपालिकाको निर्णय बमोजिम नगरपालिकाको आन्तरीक खर्चबाट व्यहोर्ने गरी चन्द्रागिरि नगरपालिका अन्तरगतका जनप्रतिनिधिहरु , कर्मचारीहरु , स्वास्थ्यकर्मीहरु र एम्वुलेन्स चालकहरुको स्वास्थ्य बीमा सामुहिक दुर्घटना बीमा, औषधी उपचार तथा घातक  रोग बीमा र कोराना  भाईरस (कोभिड­ १९)रोगको प्रतिव्यक्ति रु १० लाख बरावरको बीमा आज मिति २०७७/०१/२२ गते  नगरपालिका र रास्ट्रिय विमा संस्थान विच आजको मिति देखि लागुहुने गरि तपशिल अनुसारको सख्यामा सम्झौता भएको छ । 

१.    जनप्रतिनिधी ७८ जना

२.    नगर अन्तरगतका कर्मचारी ८४ जना

३.    नगर अन्तरगतका वडाकार्यालय तथा स्वास्थ्यकर्मीहरु १७७ जना

४.    नगरपालिकामा चालु अवस्थामा रहेका एम्वुलेन्सका चालकहरु ११ जना

बीमालेखहरु अन्तर्गतका सुविधाहरु देहाय बमोजिम निर्धारण गरिएको छः

 १(क) सामुहिक दुर्घटना बीमाः  

       – प्रतिव्यक्ति बीमांक रु. ६,००,०००।– (अक्षरेपी छ लाख)

       – यो बीमालेखमा उल्लेख भए बमोजिम ‘क’ देखि ‘ग’ सम्मको लाभ प्राप्त हुनेछ ।

ख) औषधी–उपचार तथा घातक रोग बीमा,   प्रतिव्यक्ति बीमांकः

        ख१) औषधी–उपचार रु. १,००,०००।– (अक्षरेपी एक लाख)

                – बीमितको औषधी–उपचारमा लागेको वास्तविक खर्च आधारमा नियमानुसार भुक्तानी प्राप्त हुने ।

       ख२) घातक रोग रु. २,००,०००।– (अक्षरेपी दुई लाख)

         – बीमा अवधिमा घातक रोग पहिचान भई औषधी–उपचार गर्दा लागेको वास्तविक खर्चको नियमानुसार भुक्तानी प्राप्त हुने ।

         – नेपाल सरकारले घातक रोग भनि निर्धारण गरेको ९ वटा घातक रोगहरु लागेमा सोको रक्षावरण गर्ने

ग) कोरोना भाइरस (कोभिड १९) रोग बीमाः          

       – प्रतिव्यक्ति बीमांक रु. १,००,०००।– (अक्षरेपी एक लाख)

       – पिसिआर परिक्षणबाट कोरोना भाइरस (कोभिड १९) रोग लागेको प्रमाणित भएमा  बीमांक बराबरको लाभ प्राप्त हुने ।        

२) यो बीमालेखको अवधि मिति २०७७÷०१÷२२ गतेदेखि शुरु हुनेछ ।

३) बीमाको लागि आवश्यक बीमा शुल्क चन्द्रागिरि नगरपालिका भुक्तानी गर्नेछ भने बीमीतको दाबी भुक्तानी राष्ट्रिय बीमा कम्पनी लिमिटेडले चन्द्रागिरि नगरपालिका मार्फत गर्नेछ ।

४) यो बीमामा बीमालेखमा उल्लेख भए अनुसारका शर्त तथा बन्देजहरु लागू हुनेछन् ।

५) अन्य कुनै विषयमा विवाद आएमा आपसी छलफल र समझदारीका आधारमा विवाद समाधान गरिने छ ।

दावी प्रक्रिया –

१) बीमितले घटना पश्चात् तोकिएको समय भित्र कम्पनीलाई सोको जानकारी गराउनु पर्नेछ ।

२) दावीको लागि आवश्यक कागजपत्र सहित बीमितले कम्पनी समक्ष तोकिएको समयमा पेश गरी सक्नु पर्नेछ ।

३) दावीको लागि आवश्यक कुनै कागजात नपुग भएको अवस्थामा कम्पनीले सोको जानकारी सम्वन्धित बीमितलाई गराउनु पर्नेछ ।

४) दावी प्रकृया सरल तथा सहज बनाउने कम्पनीको दायित्व हुनेछ ।

५) दावी सम्बन्धी अन्तिम निर्णय गर्ने अधिकार कम्पनी संग सुरक्षित रहनेछ । दावी भूक्तानी गर्नु नपर्ने कारण उत्पन्न भएमा वा गलत दावी परेको भन्ने कम्पनीलाई लागेमा यसको यथोचित कारण सहित सम्वन्धित बीमितलाई जानकारी गराइनेछ ।

६) दावी भूक्तानीको लागि आवश्यक सम्पूर्ण कागजात प्राप्त भएको मितिले बढिमा १५ दिन भित्र दावी एकिन गरी भूक्तानी गरिनेछ ।