FAQs Complain Problems

एकिकृत नगर योजना तर्जुमामा पुनर्लाभ, पुनर्निर्माण विपद विपद जोखिम न्युनिकरण तथा जलवायु परिवर्तन अनुकुलन वारे अभिमुखिकरण कार्यक्रम सम्पन्न

मिति २०७५ पौष ५ गते यस चन्द्रागिरि नगरपालिका कार्यालयको आयोजनामा यूएनडिपिको सहयोगमा एकिकृत नगर योजना तर्जुमामा पुनर्लाभ, पुननिर्माण विपद् जोखिम न्युनिकरण तथा जलवायु परिवर्तन अनुकुलन वारे अभिमुखिकरण कार्यक्रम पातलेवन भाईनयार्ड रिसोर्टमा यस नगरपालिकाका नगर प्रमुख श्री घनश्याम गिरिज्यूको अध्यक्षता तथा नगर उप प्रमुख श्री लिशा नकर्मिका आतिथ्यतामा तथा नगर कार्यपालिका सदस्य ज्युहरु, नगरपालिका कर्मचारी ज्यूहरु, सूरक्षाकर्मि, वडा कर्मचारीहरुज्युहरुको उपस्थिति रहेको थियो । सो कार्याक्रममा प्रमुख प्रशासकिय अधिकृत श्री युवराज पौडेलले कार्यक्रमको वारेमा प्रकाश पार्नूका साथै स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो सो कार्यक्रममा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उप सचिव श्री जिवलाल भुषालज्यूले विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनमा मौजुदा व्यवस्था तथा यूएन विश्लेषक श्री जगन्नाथ अधिकारीज्यूले नगरपालिकाको आवधिक योजना तर्जुमा र प्रकोप व्यवस्थापनको वारेमा प्रस्तुति गर्नुभएको थियो सो कार्यक्रमको वारेमा तथा आगामि कार्यक्रम वारे यूएन प्रतिनिध श्री रफिक सव्दिकि संक्षिप्त भनाई राख्नुभएको थियो सो कार्यक्रमको संचालन यस नगरपालिकाका शाखा अधिकृत श्री निशा लौडारीज्यूले गर्नुभएको थियो ।