चन्द्रागिरि नगरपालिका र वडा कार्यालयहरुबाट आ.व २०८१/०८२ मा सम्पादन भएका विकास निर्माण तथा सेवा प्रवाह सम्वन्धी कार्यहरुको वार्षिक समिक्षा तथा मूल्यांकन सम्पन्न भएको छ | समिक्षा कार्यक्रम मिति २०८२ भाद्र १६ र १७ गते नगरपालिकाको सभाहलमा सम्पन्न भएको थियो | उक्त समिक्षा कार्यक्रममा वडा कार्यालयहरु, विभिन्न शाखाहरुले उक्त आ.व मा भएको प्रगति विवरण, असल अभ्यास लगायत अन्य उल्लेखनीय कार्यहरु समेटि सम्वन्धित वडा सचिव, शाखा प्रमुखहरुले प्रस्तुतिकरण गर्नुभएको थियो |
नगर प्रमुख श्री घनश्याम गिरीज्यूको अध्यक्षता रहेको उक्त समिक्षा बैठकमा नगर उपप्रमुख श्री वसन्ती श्रेष्ठज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री सुरेन्द्र थापामगरज्यू, नगर प्रवक्ता श्री कृष्ण प्रसाद खड्गीज्यू, विभिन्न विषयगत समितिका संयोजकज्यूहरु, वडा अध्यक्षज्यूहरु, न्यायिक समितिका सदस्यज्यूहरु, कार्यपालिका सदस्यज्यूहरु, वडा सदस्यज्यूहरु, शाखा प्रमुखहरु, वडा सचिवहरु, विभिन्न कर्मचारीहरु, संचारकर्मीहरुको उपस्थिति रहेको थियो | कार्यक्रममा विभिन्न वक्ताहरुले सेवा प्रवाह चुस्त दुरुस्त बनाउन आवश्यक रहेको साथै प्रगति समिक्षा सम्वन्धमा आ-आफ्नो धारणा र आगामी दिनमा चाल्नुपर्ने कदमका सम्वन्धमा सुझाव राख्नुभएको थियो | चन्द्रागिरि नगरपालिका