FAQs Complain Problems

आ.व २०८०/०८१ मा विषयगत शाखा तथा वडा कार्यालयहरुमा सम्पादित कार्यहरुको वार्षिक प्रगति समिक्षा सम्पन्न |

चन्द्रागिरि नगरपालिकाले आ.व २०८०/०८१ मा विषयगत शाखा तथा वडा कार्यालयहरुमा सम्पादित कार्यहरुको वार्षिक प्रगति समिक्षा सम्पन्न गरेको छ | मिति २०८१/०५/१२ गते सम्पन्न समिक्षा कार्यक्रम नगरपालिकाको आफ्नै सभाहलमा भएको थियो | समिक्षा कार्यक्रमको अध्यक्षता नगर प्रमुख श्री घनश्याम गिरीज्यू रहनु भएको थियो भने विशेष अतिथिमा नगर उप प्रमुख श्री बसन्ती श्रेष्ठज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री हेमराज अर्यालज्यू रहनु भएको थियो | कार्यक्रममा वडा नं १ देखि १५ नं वडा सम्मका वडा अध्यक्षज्यूहरु, नगर कार्यपालिका सदस्यज्यूहरु, विभिन्न शाखा प्रमुख एवं कर्मचारीहरु, वडा सचिव एवं वडा कार्यालयमा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको थियो | समिक्षा कार्यक्रममा वडामा भएका काम कारवाहीहरुको प्रगति विवरण सहित वडा सचिवहरुले तथा विभिन्न विषयगत शाखाका शाखा प्रमुखहरुले आ.व २०८०/०८१ मा सम्पादित कार्यहरुको प्रस्तुतीकरण गर्नुभएको थियो |