FAQs Complain Problems

आपतकालीन सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न |

यस नगरपालिकाको आपतकालिन सेवा केन्द्र स्थापनाको लागि आवश्यक पर्ने आपतकालिन सामग्री तथा सिसिटिभी उद्दघाटन कार्यक्रम मिति २०७६ बैशाख ११ गते महानगरीय प्रहरी वृत्त थानकोटमा हस्तान्तरण गरिएको छ सो कार्यक्रमको प्रमुख अतिथिमा नगर प्रमुख श्री घनश्याम गिरि तथा विशिष्ट अतिथिको रुपमा काठमान्डौ प्रहरी परिसरका बरिष्ठ प्रहरी उपरीक्षक श्री बसन्त लामा तथा अतिथिमा प्रहरी नायब उपरीक्षक श्री कुमार बिक्रम थापा, शाखा अधिकृत श्री दिनेश लुइँटेल रहनु भएको थियो सो कार्यक्रममा नगर कार्यपालिका सदस्य, बुद्दिजिबि, पत्रकार, नगरबासी, कर्मचारीज्युहरुको उपस्थित रहेको थियो उक्त कार्यक्रममा नगरपालिकाका नगर प्रमुख द्वारा सिसिटिभी रिमोट तथा सामग्री काठमाडौँ प्रहरी परिसरका बरिष्ठ प्रहरी उपरीक्षक बसन्त लामाज्यू लाइ हस्तान्तरण गर्नु भएको थियो | उक्त सामग्रीहरु आपतकालीन उद्धारका लागि अति उपयोगी हुने अपेक्षा गरिएको छ |