FAQs Complain Problems

अस्पताल निर्माणको लागि MOU मा हस्ताक्षर सम्पन्न |

जर्मन बिकास बैंक र नेपाल सरकारको संयुक्त लागत साझेदारीमा चन्द्रागिरि नगरपलिका वडा नं ४ थानकोटमा निर्माण हुने परोपकार मातृत्व तथा महिला स्वास्थ्य अस्पताल निर्माण गर्नको लागि आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नगर प्रमुख श्री घनश्याम गिरीज्यु, नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतज्यू, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधिज्यू तथा जर्मन बिकास बैंकका प्रतिनिधिज्यूबिच प्रारम्भिक सम्झौतामा हस्ताक्षर सम्पन्न भयो। करिव १ अर्वको लगानीमा निर्माण हुने अस्पतालको ४ बर्षमा निर्माण सम्पन्न गरि सेवा संचालन गरिने लक्ष्य राखिएको छ |