FAQs Complain Problems

बिभिन्न व्यक्ति तथा संस्थाद्धारा कोरोना भाइरस (COVID-19) को रोकथाम तथा नियन्त्रणका लागि मिति २०७७ बैशाख १६ गते स्वास्थ्य सामग्री सहयोग स्वरूप हस्तान्तरण |

कोरोना भाईरस (COVID-19) को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको चन्द्रागिरि नगरपालिका नगरस्तरीय विपद् व्यवस्थापन समितिको कोषमा आज मिति २०७७ बैशाख १६ गते बिभिन्न व्यक्ति तथा संस्थाद्वारा स्वास्थ्य सामग्री सहयोग स्वरूप नगर प्रमुख, नगर उप प्रमुख, नगर प्रवक्ता, प्रमुख प्रशासकीय अधिकृत तथा नगरपालिका कर्मचारीहरुका विच नगरपालिकालाई हस्तान्तरण गर्ने कार्य सम्पन्न भयो । सहयोग गर्नुहुने संस्थामा च.न.पा ११ सतुंगल स्थित चन्द्रागिरि सहयोग समन्वय समितिको तर्फबाट च.न.पा जनस्वास्थ्य प्रबर्द्धन उपशाखा, न.पा अन्तर्गतका स्वास्थ्य संस्था र नगरका स्वयंसेविकाहरुको लागि सर्जिकल माक्स ८५० गोटा, पन्जा १७० जोर, ३ लि. २०० एम.एल सेनिटाईजर प्रदान गर्नुभयो | सहयोग गर्नुहुने व्यक्ति तथा संस्थाहरुलाई चन्द्रागिरि नगरपालिका हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।