FAQs Complain Problems

बिभिन्न व्यक्ति तथा संस्थाद्धारा कोरोना भाइरस (COVID-19) को रोकथाम तथा नियन्त्रणका लागि मिति २०७७ बैशाख १२ गते नगद तथा स्वास्थ्य सामाग्री हस्तान्तरण |

कोरोना भाईरस (COVID-19) को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको चन्द्रागिरि नगरपालिका नगरस्तरीय विपद् व्यवस्थापन समितिको कोषमा आज मिति २०७७ बैशाख १२ गते बिभिन्न व्यक्ति तथा संस्थाद्वारा नगद तथा स्वास्थ्य सामाग्री नगर प्रमुख, नगर उप प्रमुख, नगर प्रवक्ता, प्रमुख प्रशासकीय अधिकृत तथा नगरपालिका कर्मचारीहरुका विच नगरपालिकालाई हस्तान्तरण गर्ने कार्य सम्पन्न भयो । सहयोग गर्नुहुने व्यक्ति तथा संस्थाहरुमा च.न.पा १२ हरियाली बस्ने श्री अर्जुन कुमार पौडेल र श्री गीता पोखरेलको तर्फबाट नगद रु १,०१,१११|००, च.न.पा वडा नं. ११ सतुंगल चन्द्रागिरि सहयोग समन्वय समितिको तर्फबाट २३०० थान सर्जिकल माक्स, पन्जा ५२५ जोर, ६ लिटर सेनिटाईजर, च.न.पा वडा नं १२ हरियाली बस्तिका चम्किला तारा साकोस परिवारको तर्फबाट नगद रु ७५,००१|०० त्यसै गरि च.न.पा १२ बस्ने श्री दिपक राज तिमिल्सिनाबाट नगद रु ५,००५|०० र च.न.पा कृषि विकास अधिकृत श्री राम प्रसाद न्यौपानेबाट २ लिटर सेनिटाईजर र ५० केजी चुना प्रदान गर्नुभयो | साथै बालविकास समाज र वर्ल्ड भिजन नेपाल, कपन काठमान्डौको तर्फबाट मिति २०७७ बैशाख ९ गते  १२ लिटर सेनिटाईजर, KN95 माक्स ३० थान, पन्जा ८०० थान सहयोग गर्नु भएको थियो | सहयोग गर्नुहुने व्यक्ति तथा संस्थाहरुलाई चन्द्रागिरि नगरपालिका हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।