FAQs Complain Problems

कलंकी नागढुंगा सडकखण्डमा जडित सिसिटिभी हस्तान्तरण |

चन्द्रागिरि नगरपालिका क्षेत्रलाई डिजिटल प्रविधिको माध्यमबाट नमूना नगर (Smart City) बनाउने अबधारणाका साथ पहिलो चरणमा चन्द्रागिरि नगरपालिकाबाट कलंकी ढुङ्गेअड्डादेखि नागढुङ्गा पिप्लामोड सडक खण्डमा अप्टिकल फाईबर तथा आवश्यक उपकरणहरू सहित अत्याधुनिक प्रविधियुक्त ६८ वटा सिसिटिभि जडान कार्य सम्पन्न भएको छ, हाल प्रथम चरणमा जडान गरीएको सिसिटिभिहरुको उपयोगबाट सडक सुरक्षा मजवुद बनाउनका साथै अपराधको रोकथाम तथा सफल अनुसन्धान गरी नगरबासीको सुरक्षाको लागि प्रहरी अनुसन्धान कार्य गर्न सहज हुने विश्वासका साथ संचालनमा आएको सिसिटिभि चन्द्रागिरि नगरपालिकाबाट महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल मार्फत महानगरीय प्रहरी वृत्त थानकोटलाई आज एक सिसिटिभी उद्धघाटन तथा हस्तान्तरण समारोहका विच हस्तान्तरण गरिएको छ, सो कार्यक्रमको सभाध्यक्षमा नगर प्रमुख श्री घनश्याम गिरीज्यू, प्रमुख अतिथिमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब महानिरीक्षक श्री बिश्वराज पोखरेलज्यू, बिशेष अतिथिद्वय प्रहरी बरिष्ठ उपरीक्षक अशोक सिंहज्यू र जनक भट्टराईज्यू, आयोजकमा नगर उपप्रमुख श्री लिशा नकर्मीज्यू, प्रमुख प्रशासकीय अधिकृतज्यू, महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुखज्यू, वडा अध्यक्षज्यूहरु, नगर कार्यपालिका सदस्यज्यूहरु, नगर सभा सदस्यज्यूहरु उपस्थिति रहनु भएको थियो उक्त उद्धघाटन तथा हस्तान्तरण समारोहमा पत्रकार तथा संचारकर्मीज्यूहरु, समुदाय प्रहरी साझेदारीका पदाधिकारीज्यूहरु, बिद्यालयका प्रधानाध्यापकज्यूहरु, सुरक्षाकर्मीज्युहरु, कर्मचारीज्युहरु लगायत लव्धप्रतिष्ठित व्यक्तिहरुको उपस्थिती रहेको थियो | उक्त सिसिटिभीको प्रमुख अतिथिज्यूले रिवन काटी उद्धघाटन गर्नुभएको थियो र कार्यक्रममा नगर उप प्रमुख श्री लिशा नकर्मीज्यूले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो, कार्यक्रममा प्रमुख अतिथि, बिशेष अतिथि, अतिथिगणहरुबाट आ-आफ्नो मन्तब्य व्यक्त गर्नुभएको थियो कार्यक्रमको संचालन नगर प्रवक्ताज्यूले गर्नुभएको थियो भने नगर प्रमुख तथा सभाध्यक्षज्यूबाट धन्यवाद ज्ञापन सहित कार्यक्रमको समापन गर्नुभएको थियो | सिसिटिभी जडान कार्यमा सहयोग गर्नुहुने सम्पूर्ण नगरवासीहरुमा चन्द्रागिरि नगरपालिका हार्दिक धन्यवाद ज्ञापन गर्दछ |