FAQs Complain Problems

चन्द्रागिरि नगरपालिकाको १२ औं नगर सभाको पहिलो बैठक मिति २०८० असार ७ गते च.न.पा सभाहलमा सम्पन्न भएको छ |

चन्द्रागिरि नगरपालिकाको १२औं नगरसभा आज मिति २०८० असार ७ गते नगरपालिकाको सभाहलमा बसेको छ, सभाको सभाध्यक्षता नगर प्रमुख श्री घनश्याम गिरीज्यूले गर्नुभएको थियो | उक्त नगरसभामा नगर उप प्रमुख श्री बसन्ती श्रेष्ठज्यू, नगर प्रवक्ता श्री कृष्ण प्रसाद खड्गीज्यू, सभाका सचिव तथा प्रमुख प्रशासकीय अधिकृत जीवन प्रसाद आचार्यज्यू, १ देखि १५ नं वडाका वडा अध्यक्षज्यूहरु, नगर कार्यपालिकाका सदस्यज्यूहरु र १ देखि १५ नं वडाका वडा सदस्य तथा नगर सभा सदस्यज्यूहरुको उपस्थिति रहेको उक्त सभाको कार्यसूचीमा आ.व २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत तथा छलफल र चन्द्रागिरि नगरपालिकाको एकीकृत खानेपानि तथा सरसफाई व्यवस्थापन सम्वन्धि बिधेयक, २०८० प्रस्तुत तथा छलफल गर्ने कार्यक्रम रहेको थियो र सो सम्वन्धमा नगर सभाका सदस्यज्यूहरुले आ-आफ्नो विचार व्यक्त गर्नुभएको थियो | उक्त सभाबाट आ.व २०८०/०८१ को नीति तथा कार्यक्रम र चन्द्रागिरि नगरपालिकाको एकीकृत खानेपानि तथा सरसफाई व्यवस्थापन सम्वन्धि बिधेयक, २०८० बहुमतले पारित भएको छ |