FAQs Complain Problems

१५ शैयाको प्राथमिक अस्पतालको शिलान्यास सम्पन्न |

आज मिति २०८० माघ ३ गते बिहान चन्द्रागिरि नगरपालिका वडा नं ४ गोदामचोकमा निर्माण हुन गईरहेको १५ शैयाको प्राथमिक अस्पतालको चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख श्री घनश्याम गिरीज्यूबाट शिलान्यास सुसम्पन्न भएको छ | उक्त शिलान्यास कार्यक्रमका विशेष अतिथि नगर उपप्रमुख श्री बसन्ती श्रेष्ठज्यू, अतिथि प्रमुख प्रशासकीय अधिकृत श्री हेमराज अर्यालज्यू, नगर प्रवक्ता श्री कृष्ण प्रसाद खड्गीज्यू, वडा नं १ देखी १५ नं सम्मका वडा अध्यक्षज्यूहरु, नगर कार्यपालिका सदस्यज्यूहरु, नगर सभा सदस्यज्यूहरु, राजनीतिक दलका प्रतिनिधिज्यूहरु, अस्पताल सल्लाहकार, कर्मचारीहरु, स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरु र नगरवासीहरुको उपस्थिति रहेको थियो | सो शिलान्यास कार्यक्रममा नगर प्रमुख, नगर उप-प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, नगर प्रवक्ता, सामाजिक विकास समितिका संयोजक, अस्पताल सल्लाहकार, प्राथमिक अस्पताल थानकोटका मेडिकल अधिकृतले आ-आफ्नो धारणा व्यक्त गर्नु भएको थियो | करिव २० करोड लागतमा निर्माण हुने उक्त प्राथमिक अस्पताल निर्माण कार्यको जिम्मेवारी एम.ए कन्स्ट्रक्सन प्रा.लि.ले पाएको थियो र निर्माण सम्पन्नको लागि उक्त कम्पनीलाई करिव २४ महिनाको समयावधि दिएको छ | सो शिलान्यास कार्यक्रममा नगर प्रमुख लगाएतका वक्ताहरुले समयमा निर्माण कार्य सम्पन्न हुने विश्वास सहित निर्माण कम्पनीलाई निर्देशन समेत दिनुभएको छ |