FAQs Complain Problems

पशु सेवा शाखाको भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न |

नेपाल लाइभस्टक सेक्टर इनोभेशन आयोजना(NLSIP) द्वारा नव निर्मित चन्द्रागिरि नगरपालिका पशु सेवा शाखा बलम्बुमा रहेको भवन आज मिति २०७९/०५/१४ गते कृषि तथा पशुपन्छी विकास मन्त्रालयका मन्त्री माननीय मृगेन्द्र कुमार सिंह यादवज्यूको प्रमुख आतिथ्यतामा, मन्त्रालयका सचिव डा. दीपक कुमार खरालज्यूको अध्यक्षता र चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख श्री घनश्याम गिरीज्यूको बिशेष आतिथ्यता तथा नगर उपप्रमुख श्री बसन्ती श्रेष्ठज्यूको आतिथ्यतामा नव निर्मित भवनको उद्घाटन सम्पन्न भयो | भवनको उद्घाटन माननिय मन्त्रीज्यू र नगर प्रमुखज्यूले संयुक्त रुपमा गर्नुभएको थियो भने उद्घाटन पश्चात श्रीमान सचिवज्यूबाट चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई भवन हस्तान्तरण गर्ने कार्य सम्पन्न भएको थियो । उक्त कार्यक्रममा वडा अध्यक्षज्यूहरु, नगर कार्यपालिका सदस्यज्यूहरु, आयोजना प्रमुखज्यू, आयोजनाका तथा नगरपालिकाका कर्मचारीज्यूहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिज्यूहरू, पत्रकारज्यूहरू र कृषक दाजुभाइ दिदी बहिनिहरुको उल्लेख्य सहभागिता रहेको थियो |