मिति २०८१/०३/०२ गते चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख श्री घनश्याम गिरिज्यूको अध्यक्षतामा नगर कार्यक्षेत्र रहेका सुरक्षा प्रमुखज्यूहरु, राजनीतिक दलका प्रतिनिधिज्यूहरु सहित नगरस्तरीय विपद व्यवस्थापन समितिको वैठक सम्पन्न भएको छ | वैठकबाट सवैको सहकार्य र समन्वयमा मनसुनजन्य विपद्को सम्बोधन गर्ने, वडास्तरमा १५ जनाको विपद स्वयंसेवक व्यूरोगठन गर्ने, विपद सहायता कक्ष स्थापना गर्ने, २०८१/०३/०७ गते १०:०० बजे देखि ३:०० वजे सम्म सवारी प्रदुषण परीक्षण गर्ने लगायतको विषयमा निर्णय भएको छ।