FAQs Complain Problems

डिजिटल हस्ताक्षर प्रणाली सहितको घर नक्सा पास प्रणाली (eBPS) को सुभारम्भ |

आज मिति २०८० माघ ३ गते चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख श्री घनश्याम गिरीज्यू र नगर उप प्रमुख श्री बसन्ती श्रेष्ठज्यूबाट संयुक्त रुपमा डिजिटल हस्ताक्षरको प्रयोग गरि नक्सा पास गर्ने प्रणाली eBPS को एक कार्यक्रमका विच डिजिटल हस्ताक्षरसहितको निर्माण सम्पन्न प्रमाणपत्र सम्वन्धीत घरधनीलाई प्रदान गरी सुभारम्भ गर्नुभयो | सो कार्यक्रममा नगर प्रमुख, नगर उप-प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा नं १ देखी १५ नं वडाका वडा अध्यक्ष, नगर कार्यपालिका सदस्यहरु, नगर सभा सदस्यहरु, युएनडिपी प्रतिनिधि, विज्ञ प्रतिनिधि एवं प्रशिक्षक, शाखा प्रमुखहरु, नक्सा पाससंग सम्वन्धीत कर्मचारीहरु, वडा सचिवहरु, इन्नोभेटिभ सोलुसन प्रतिनिधि, संचारकर्मीहरुको उपस्थिति रहेको थियो | अव उप्रान्त चन्द्रागिरि नगरपालिकामा हुने सम्पूर्ण नक्सा पास गर्नको लागि उक्त प्रणाली मार्फत नक्सा पास हुने, नगरपालिका कार्यालय धाईरहनु नपर्ने, वारिसहरुको अन्त्य हुने, सुचिकृत इन्जीनियरहरु मार्फत अनलाईन प्रणालीमा नक्सा दर्ता गर्न सकिने र सम्पूर्ण प्रमाणपत्रहरु समेत घरमै प्राप्त गर्न सकिने भएको छ, जसका कारण सेवाग्राहीहरु कार्यालय धाईरहनु नपर्ने भएको छ | उक्त प्रणाली मार्फत आफ्नो नक्सा प्रक्रिया कार्यान्वयनको स्थिति, कुनै त्रुटी भए प्रणाली मार्फत नै त्रुटी सच्चाई पेश गर्ने जानकारी, प्रक्रियागत रुपमा पूर्ण भए राजश्व तिर्न आउने जानकारी, स्वीकृत भए पश्चातको जानकारी सेवाग्राहीले घरमै वसी एस.एम.एस मार्फत समेत जानकारी प्राप्त गर्न सक्नुहुनेछ र प्रमाणपत्र समेत घरमै इमेल मार्फत प्राप्त गर्न सकिनेछ | उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृतज्यूबाट कार्यक्रमका वारेमा संक्षिप्त जानकारी गराउनु भएको थियो र eBPS प्रणाली एवं सो सम्वन्धी हालसम्म टिमले गरेका कामको प्रगति सम्वन्धमा ई.भिष्म भण्डारी र eBPS सम्वन्धी विज्ञ एवं प्रशिक्षक, सहजकर्ता ई.सुरज ओझाले eBPS प्रणाली र यस कार्यालयमा टिम गठन पश्चात गरेका कार्यको बारेमा प्रस्तुतीकरण गर्नु भएको थियो | उक्त कार्यक्रममा UNDP का प्रतिनिधि श्री वर्षा चित्रकारज्यू, पूर्वाधार समितिका संयोजक श्री राजेन्द्र महर्जनज्यू, नगर प्रवक्ता श्री कृष्ण प्रसाद खड्गीज्यू, नगर उप प्रमुख श्री बसन्ती श्रेष्ठज्यूले आ-आफ्नो शुभकामना मत्यव्य व्यक्त गर्नुभएको थियो | नगर प्रमुखज्यूबाट चन्द्रागिरि नगरपालिकाबाट आगामी दिनमा हुने सम्पूर्ण नक्साहरुलाई डिजिटल हस्ताक्षर सहितको घर नक्सा पास गर्ने प्रणाली eBPS बाट नक्सा पास हुने जानकारी दिदै सुभारम्भ भएकोमा खुसि व्यक्त गर्नुहुँदै कार्यक्रमको समापन गर्नुभएको थियो |

eBPS प्रणालीको लिंक

https://ebps.chandragirimun.gov.np/