FAQs Complain Problems

चन्द्रागिरि नगरपालिकाको नवौ नगरसभाको उद्घाटन समारोह सम्पन्न |

चन्द्रागिरि नगरपालिकाको नवौ नगरसभाको उद्घाटन समारोह आज मिति २०७९ असार १० गते नगरपालिकाको प्रशासकीय भवन बलम्बुमा सम्पन्न भएको छ, उद्घाटन समरोहको अध्यक्षता नगर प्रमुख श्री घनश्याम गिरीज्यूले गर्नु भएको थियो भने प्रमुख अतिथिको आतिथ्यता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री माननीय राजेन्द्र प्रसाद श्रेष्ठज्यूले गर्नु भएको थियो, प्रमुख अतिथिज्यूबाट पानसमा बत्ति बालेर नवौ नगरसभाको उद्घाटन गर्नुभएको थियो, उक्त कार्यक्रममा नगर कार्यक्षेत्रभित्र रहनु हुने संघीय र प्रदेश सभाका माननीयज्यूहरु, उप प्रमुख, वडा अध्यक्षज्यूहरु, नगर कार्यपालिकाका सदस्यज्यूहरु, नगर सभाका सदस्यज्यूहरु, निवर्तमान उप प्रमुखज्यू, निवर्तमान वडा अध्यक्षज्यूहरु, निवर्तमान कार्यपालिकाका सदस्यज्यूहरु, नगर कार्यक्षेत्रभित्रका राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिज्यूहरु, बिषयगत कार्यलयका प्रमुख एवं प्रतिनिधिज्यूहरु, पत्रकार एवं संचारकर्मीहरु, सुरक्षाकर्मीहरु, कर्मचारीहरु, वडा सचिवहरु लगायत अन्य लब्धप्रतिष्ठित व्यक्तिहरुको उपस्थिति रहेको थियो |