FAQs Complain Problems

नेपाल नगरपालिका संघ द्वारा कोरोना भाइरस (COVID-19) को रोकथाम तथा नियन्त्रणका लागि मिति २०७७ असार १६ गते स्वास्थ्य सामाग्री सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न |

कोरोना भाईरस (COVID-19) को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको चन्द्रागिरि नगरपालिका नगरस्तरीय विपद् व्यवस्थापन समितिको कोषमा आज मिति २०७७ असार १६ गते नेपाल नगरपालिका संघ(MuAN) को तर्फबाट कार्यकारी निर्देशक श्री कलानिधि देवकोटाद्वारा स्वास्थ्य सामाग्री सहयोग स्वरूप नगर प्रमुख, नगर उप प्रमुख, नगर प्रवक्ता, प्रमुख प्रशासकीय अधिकृत तथा नगरपालिका कर्मचारीहरुका विच नगरपालिकालाई हस्तान्तरण गर्ने कार्य सम्पन्न भयो । स्वास्थ्य सामाग्रीहरु तर्फ पि.पि.ई ५ सेट, सर्जिकल माक्स २०० थान, थर्मल गन २ वटा, ह्यान्ड सेनिटाईजर ४ थान(प्रति थान ५०० मि.लि) र पन्जा १०० थान रहेको छ | सहयोग गर्नुहुने नेपाल नगरपालिका संघ परिवारप्रति चन्द्रागिरि नगरपालिका हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।