FAQs Complain Problems

चन्द्रागिरि नगरपालिकाका नगर प्रमुखज्यु, काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीज्यु र उपत्यका प्रहरी कार्यालय रानीपोखरी काठमाडौँका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षकज्यु बीच नगरपालिकामा विशेष भेटघाट, जनचेतनामूलक पाठ्यसामग्री विमोचन सम्पन्न |

मिति २०८०/१२/९ गते शुक्रबार चन्द्रागिरि नगरपालिका र जिल्ला प्रहरी परिसर काठमाडौँको संयुक्त सहकार्यमा जनचेतनामूलक पाठ्यक्रम २०८१ हस्तान्तरण तथा सम्झौता कार्यक्रम नगरपालिकाको सभा हलमा सम्पन्न भएको छ। सो अवसरमा चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख तथा कार्यक्रमका सभाध्यक्ष घनश्याम गिरीज्युले हस्तान्तरण गरिएको पाठ्यपुस्तक नयाँ शैक्षिकसत्रबाट नगरपालिकाभरिका विद्यालयमा सन्दर्भ सामग्रीका रुपमा कार्यान्वयनमा लैजाने कुराको जानकारी दिनुभयो। उहाँले जनचेतनामूलक पाठ्यक्रमले शान्ति सुरक्षालाई थप सुदृढ बनाउन सहयोग मिल्ने कुरा बताउदै यसलाई विद्यालय तहमा कार्यान्वयनमा लैजान नगरपालिका प्रतिवद्ध रहेको कुरा बताउनु भयो।

कार्यक्रमका प्रमुख अतिथि उपत्यका प्रहरी कार्यालय रानीपोखरी काठमाडौँका प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाज्यु हुनुहुन्थ्यो भने बिशिस्ट अतिथीको रूपमा काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतज्युको उपस्थिति रहेको थियो। प्रमुख अतिथीज्युले पछिल्लो समय विद्यालयका बालबालिकामा दुर्व्यसनी बढेको पाइएकोले अभिभावकले पनि उक्त कुरामा सचेत हुन तथा आफ्ना नानीबाबुलाई विशेष ध्यान दिन आग्रह गर्नुभयो। उहाँले जिल्ला प्रहरी परिसर काठमाडौँ तथा चन्द्रागिरि नगरपालिकाको संयुक्त सहकार्यमा जनचेतनामूलक पाठ्यक्रम तयार पारिएकाले उक्त पाठ्यक्रमले बालबालिकामा सकारात्मक सोचको विकास हुने बताउनुभयो।

कार्यक्रममा नगर उप प्रमुखज्यू, प्रमुख प्रशासकीय अधिकृतज्यूले आ-आफ्नो भनाई राख्नुभएको थियो |

नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको संयोजनमा आयोजित उक्त कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका नगर प्रमुखज्यु , प्रमुख जिल्ला अधिकारीज्यु र प्रहरी अतिरिक्त महानिरीक्षकज्युका बीचमा नगरपालिकाको शान्ति सुरक्षा लगायतका विषयमा छलफल समेत भएको थियो।

सो समारोहमा नगर उपप्रमुख बसन्ती श्रेष्ठज्यु, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालज्यु, नगर प्रवक्ता कृष्ण प्रसाद खड्गीज्यु लगायत विभिन्न वडाका वडाध्यक्षज्युहरु तथा कार्यपालिका सदस्यज्युहरु एवं नगरपालिकाका विभिन्न शाखाका प्रमुखज्युहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा नगरपालिका भित्र रहेका विभिन्न सामुदायिक तथा संस्थागत बिद्यालयहरुका प्रधानाध्यापकज्युहरुको पनि उपस्थिति रहेको थियो।