FAQs Complain Problems

चौमासिक प्रगति समीक्षा एवं सार्वजनिक सुनुवाई सम्वन्धि सूचना !

यस चन्द्रागिरि नगरपालिका, बलम्वु, काठमान्डौ (२५ वटै वडा कार्यालयहरु) र विषयगत कार्यालयहरुबाट चालु आर्थिक वर्ष २०७२/७३ को हाल सम्म सम्पादन भएका कामकारवाहि एवं विकास निर्माण, कार्यालयको सेवा प्रवाह सम्वन्धमा निम्न मिति, समय र स्थानमा पहिलो चौमासिक प्रगति समीक्षा एवं सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको हुँदा उक्त कार्यक्रममा क्रियाशिल राजनैतिक दलका प्रतिनिधिहरु, वडा नागरिक मञ्चका पदाधिकारीहरु, नागरिक समाजका प्रतिनिधिहरु, सामाजिक परिचालहरु, उपभोक्ता समितिका पदाधिकारीहरु, नागरिक सचेतना केन्द्रका प्रतिनिधिहरू, नगरपालिकामा सक्रिय, गै.स.स., महिला, आदिवासी जनजाति, मधेशी, दलित, दृष्टि विहिन, अपांगतासंग सम्वन्धित संघ संस्थाहरु, सार्वजनिक विध्यालयका प्रतिनिधिहरु, टोल सुधार समिति, क्लब, बुद्धिजिवी, जेष्ठ नागरिक लगायत सरोकारवाला सवैलाई उपस्थितका लागि अनूरोध गरिन्छ ।

कार्यक्रम:
मिति: २०७२ साल कार्तिक २३ गते, सोमवार 
समयः दिउँसो ११:०० बजे 
स्थान: मातातिर्थ स्वास्थ्य चौकी परिषर (च.न.पा. वडा नं ११)