FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु ।

  • छैन । तर पति–पत्नीको व्यक्तिगत विवरण विवाह दर्ता एवं जन्म दर्ता प्रमाणपत्रहरुमा फरक नपरोस भनी सुनिश्ति गर्नका लागि आवश्यक पर्न सक्छ ।
  • मृत्यु तथा अन्य व्यक्तिगत घटना दर्ता गर्ने ऐन, २०३३ को दफा २ को आशय बमोजिम ६ महिना भन्दा बढी अवधिदेखि सो ठाउँमा बसोबास गरेका छन् छैनन भन्ने हेर्ने आधार आवश्यक पर्छ ।
  • मतदाता परिचयपत्र पाउने र व्यक्तिगत घटना दर्ता दुई अलग अलग कानून अनुसार हुने हुँदा व्यक्तिगत घटना दर्ता सम्बन्धित व्यक्तिको स्थायी ठेगाना भएको स्थानको पञ्जिकाधिकारीबाट हुनु पर्छ । मतदाता परिचयपत्र भएकै स्थानमा दर्ता गर्ने चाहना हो भने पहिले सेवाग्राहीले बसाईँ सराईँ गराउनु पर्छ ।
  • प्रमाणपत्रमा नागरिकता नं. उल्लेख हुनु पर्छ । जस्तै :– जन्म दर्तामा बाबु र आमाको, मृत्यु दर्तामा मृतकको, विवाह दर्तामा पति र पत्नीको, सम्बन्ध विच्छेद दर्तामा दर्ता माग गर्ने पति वा पत्नीको र बसाईँ सराईँमा सूचकको । त्यस्तै व्यक्तिगत घटना दर्ता नेपालमा बसोबास गर्ने विदेशीका लागि पनि भएकोले नागरिकताको सट्टा विदेशी नागरिकको पासपोर्ट नम्बर उल्लेख गर्नु पर्छ ।
  • मिल्दछ । सामान्यतया अँगे्रजी भाषामा समेत प्रमाणपत्र लिने प्रयोजनका लागि सेवाग्राहीले यस्तो माग गर्न सक्छन् । स्थानीय पञ्जिकाधिकारीले यस्तोमा पुरानो प्रमाणपत्र कार्यालयको अभिलेखमा रहने गरी खिची लिने र अँगे्रजी तथा नेपाली दुवै भाषा भएको प्रमाणपत्रको प्रतिलिपि प्रदान गर्नु पर्छ ।
  •  यस्तो अवस्थामा दर्ता किताप हेरी एवं तत्कालिन पञ्जिकाधिकारीको दस्तखतको नमूना समेत भिडाई जारी गर्ने अधिकारीको नाम कतै उल्लेख भएको पाईएमा नाम समेत राखी प्रमाणपत्र दिने । दर्ता कितापबाट पनि नाम पत्ता नलागेमा तर प्रमाणपत्रमा उल्लेखित सबै व्यहोरा दुरुस्त भएको अवस्थामा स्थानीय पञ्जिकाधिकारीको नाम, थरको ठाउँमा “द.” मात्र लेख्ने । प्रमाणपत्रको प्रतिलिपि जारी गर्र्दा पञ्जिकाधिकारीको नाम, थर, र मिति राखी दस्तखत समेत गरी प्रमाणित गर्ने ।
  •  यसमा दुई अलग अलग दस्तखत गर्न हुँदैन । कार्यालय दैनिक प्रयोजनमा जे दस्तखत गरिन्छ, त्यही दस्तखत नेपाली र अँग्रेजी दुवै व्यहोराको अन्त्यमा गर्नु पर्छ ।
  • गलत व्यक्तिले झुठो विवरण पेश गरी सामाजिक सुरक्षा भत्ता लिएमा निजबाट बिगो बमोजीम असुल उपर गरिन्छ । त्यसैगरी गलत व्यक्तिलाई भत्ता पाउन योग्य भनि सिफारिश गरेमा त्यस्तो सिफारिश गर्ने पदाधिकारीहरुलाई कानून बमोजिम कारवाही हुन्छ ।

 

देहायको अवस्थामा भत्ता पाइरहेका व्यक्तिको लगत कट्टा गर्नुपर्दछ :
- मृत्यु भएमा
- बसाइ सरी अन्यत्र गएमा
- एकल/ बिधवा महिलाले अर्को विवाह गरेमा
- बालबालिकाको उमेर ५ वर्ष पूरा भएमा
- झुटा विवरण पेश गरी भत्ता लिएको पुष्टी भएमा
- स्वेच्छाले भत्ता लिन नचाहेमा
- परिचयपत्र नविकरण नगरेमा
- एक वर्ष भरीको कुनैपनि किस्ता रकम नबुझेमा

- मृत्यु भएमा
- बसाइ सरी अन्यत्र गएमा
- एकल/ बिधवा महिलाले अर्को विवाह गरेमा
- बालबालिकाको उमेर ५ वर्ष पूरा भएमा
- झुटा विवरण पेश गरी भत्ता लिएको पुष्टी भएमा
- स्वेच्छाले भत्ता लिन नचाहेमा
- परिचयपत्र नविकरण नगरेमा
- एक वर्ष भरीको कुनैपनि किस्ता रकम नबुझेमा

  • पर्दैन । स्थानीय निकायले सम्बन्धित बैंकसँग समन्वय गरी शुन्य मौज्दातमा खाता खोलिदिनु पर्दछ । तर लाभग्राहीले आफ्नो खातामा थप सुविधाहरु लिन चाहेमा बैंकको नियमानुसार हुन्छ ।

Pages