FAQs Complain Problems

हसना भास्तिपुर सहकारी संस्था लि. र सुप्रिम बचत तथा ऋण सहकारी संस्था लि.द्वारा कोरोना भाइरस (COVID-19) को रोकथाम तथा नियन्त्रणका लागि मिति २०७७ बैशाख १७ गते नगद सहयोग स्वरूप हस्तान्तरण |

कोरोना भाईरस (COVID-19) को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको चन्द्रागिरि नगरपालिका नगरस्तरीय विपद् व्यवस्थापन समितिको कोषमा आज मिति २०७७ बैशाख १७ गते बिभिन्न संस्थाहरुद्वारा नगद सहयोग स्वरूप नगर प्रमुख, नगर उप प्रमुख, नगर प्रवक्ता, वडा नं १२ का वडा अध्यक्ष, वडा सदस्य, प्रमुख प्रशासकीय अधिकृत तथा नगरपालिका कर्मचारीहरुका विच नगरपालिकालाई हस्तान्तरण गर्ने कार्य सम्पन्न भयो । सहयोग गर्नुहुने संस्थाहरुमा च.न.पा १२ बलम्बु स्थित हसना भास्तिपुर बचत तथा ऋण सहकरी संस्था लि.को तर्फबाट नगद सहयोग स्वरूप रु. १,११,१११|०० र स्वास्थ्य सामाग्री स्वरूप च.न.पा १२ बलम्बु स्वास्थ्य चौकीलाइ ज्वोरो नाप्ने थर्मल गन साथै च.न.पा स्थित सहयोगी संस्थाका स्वयंसेवक र मिडियाकर्मीहरुका लागि सर्जिकल माक्स प्रदान गर्नुभयो त्यसै गरि ललितपुर महानगरपालिका महालक्ष्मीस्थान स्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था लि. को तर्फबाट नगद रु. ३०,०००|०० प्रदान गर्नुभयो | सहयोग गर्नुहुने संस्थाहरुलाई चन्द्रागिरि नगरपालिका हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।