FAQs Complain Problems

खुसि खुसि बचत तथा ऋण सहकारी संस्थाद्धारा रु २५००० नगद सहयोग |

खुसि खुसि बचत तथा ऋण सहकारी संस्थाद्धारा कोरोना भाईरस (COVID-19) को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको चन्द्रागिरि नगरपालिका नगरस्तरीय विपद् व्यवस्थापन समितिको कोषमा आज मिति २०७७ बैशाख १० गते रु २५,००० (पच्चिस हजार) को चेक सहयोग स्वरुप नगरपालिकालाई हस्तान्तरण गर्ने कार्य सम्पन्न भयो । सहयोग गर्नुहुने खुसि खुसि बचत तथा ऋण सहकारी संस्था परिवारलाई चन्द्रागिरि नगरपालिका हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।