FAQs Complain Problems

चन्द्रागिरी नगरपालिकाद्वारा मोबाइल एप निर्माण

चन्द्रागिरी नगरपालिकाद्वारा आफ्ना नगरवासीहरुको सूचनाको हक प्रत्याभुतिको लागि मोबाइल एप निर्माणम गरि प्ले स्टोरमा निशुल्क डाउनलोड हुने गरि राखेको छ । आज नगर प्रमुख, उपप्रमुख तथा नगरकार्यपालिका सदस्यहरु र नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत लगाएत अन्य कर्मचारीहरुको उपस्थितिमा अनलाइन मल्टी मिडियाको तर्फवाट विवेक महर्जनले नगरपालिकालाइ उक्त एप हस्तान्तरण गर्नुभयो | सो कार्यक्रममा एप को विभिन्न विशेषताको वारेमा चर्चा गरिएको थियो भने नगरपालिकाका सूचना प्रबिधि अधिकृत कृष्ण कुमार श्रेष्ठले नगरपालिकाको आधिकारिक वेब साइटको बारेमा प्रकाश पर्दै एस एप मार्फत वेब साइटका हरेक सूचना तथा दस्ताबेजहरु सजिलैसँग जनताले मोबाइलमै प्राप्त गर्ने कुरा बताउनु भयो | कार्यक्रमको अन्त्यमा नगर प्रमुख घनश्याम गिरीले आगामी दिनमा नगरपालिकाले योजना तथा नक्शाको काम समेत विधुतीय प्रणालीबाट गर्न लागिपरेको बताउनु भयो |